LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका २ मा रहेको न्यू एकेडेमीक बोर्डिङ स्कुलले शुक्रबार ग्रेजुएसन सेरेमोनी आयोजना गरेको छ ।
युकेजीमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा प्रि स्कुल ग्रेजुएसन सेरोमानी गरिएको हो

न्यू एकेडेमीक बोर्डिङ स्कुलका अध्यक्ष मीनप्रसाद पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा युकेजीमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीले ग्रेजुएसन सेरोमोनीमा सहभागिता जनाएका थिए । त्यस अवसरमा विद्यार्थीहरुलाई मायाको चिनो तथा विद्यार्थीहरुको आफ्नै फोटो उपहारको रुपमा प्रदान गरिएको थियो ।

दिक्षान्त समारोहको आयोजना गर्नुको उद्देश्यका बिषयमा बताउँदै स्कुलका प्रिन्सिपल टोपलाल भट्टराईले विद्यार्थीको कलिलो दिमागमा अहिले दिइएको फोटो फ्रेमले भोलीको दिनमा ठूलो महत्व राख्ने र यसले विद्यार्थीलाई विगतको दिनको पुनर्ताजगी गराउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले यहाँबाट पढेर जाने विद्यार्थी भोलीको दिनमा जहाँ पुगेपनि र जहाँ रहेपनि घरमा सजाएर राखिने यो फोटो फ्रेमले पुरानो दिनको स्मरण गराउने र भविष्यको लक्ष्य निर्धारण गर्न विद्यार्थीलाई उत्साहित बनाउन समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा न्यू एकेडेमीक बोर्डिङ स्कुलका एकेडेमीक प्रमुख नविन प्रभुले आजको दिन युकेजी विद्यार्थीहरुका लागि विशेष दिन रहेको उल्लेख गर्दै विद्यार्थीहरुको खुसी दिएर आफूहरुलाई पनि उत्साहित र खुसी बनाएको बताउनुभयो ।

स्कुलकी शिक्षिका सुस्मिता थापाले संचालन गर्नुभएको कार्यक्रममा स्वागत स्कुलकी संयोजक सेरेना प्रभुले गर्नुभएको थियो भने अभिभावकको तर्फबाट शिव गिरि लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा दिक्षीत भएका युकेजी मेङ्गोबाट जसपाल गिरी, ओरेन्जबाट शौभ्य अधिकारी र ओरेन्जबाट नेन्सी गौतम र एप्पलबाट प्रतिका बेलबासे लगायतका बालबालिकाहरुले समेत मन्तब्य राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय