सैनामैना सेवा समाज युएईको सातौं बार्षिक उत्सवको अवसरमा आईतबार मानवसेवा आश्रम बुटवलमा आश्रित बृद्धबृद्धालाई खाना खुवाइएको छ ।
विगत लामो समयदेखि सैनामैना सेवा समाज युएइले सैनामैनामा रहेका विपन्न समुदाय तथा अपांगता भएका ब्यक्तिहरुलाई सहयोग गर्दै आएकोमा आईतबार भने मानव सेवा आश्रममा रहेका बृद्धबृद्धालाई भोजन गराएको हो ।
संस्थाका अध्यक्ष विष्णु पन्थीले सैनामैना सेवा समाज युएईले धेरै लामोसमयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको बताँउदै बार्षिक उत्सवको कार्यक्रमको अवसरमा मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरिएको बताउनुभयो



। उहाँले दुवईबाट फर्किएका सैनामैनाका युवाहरुलाई सैनामैना सेवा समाजमा जोड्दै सामाजिक काममा सकृय गराउन खोजिएको बताउनुभयो।
त्यस अवसरमा ३० जना बृद्धबृद्धालाई खाना खुवाइएको थियो । कार्यक्रममा नेपाल विभाग प्रमुख तथा संस्थापक उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, मन्जु थापा, झविन्द्र न्यौपाने, बाबुराम पन्त, डोलराज रिजाल र संगीता पौडेल र साझा टेलिभिजनका प्रवन्ध निर्देशक भुवन जिसी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी संस्थाको बार्षिकोत्सवको अवसर पारेर युएईको बरदुबईमा विशेष कार्यक्रम गरिएको छ ।




