LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आइतबार प्रदर्शन भएको छ ।

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।

सहभागीहरू तामाङ पोशाक, नेवारी पोशाक, डम्फू र झाँक्रीको पोशाकमा प्रदर्शनमा उत्रिएका थिए । कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।
११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

आफूलाई अवैधानिक तरीकाले हटाइएको भन्दै सरकारको त्यो निर्णयको विरुद्धमा घिसिङले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँले आफूलाई तत्काल पुनस्र्थापना गर्न अन्तरिम आदेश माग गरे पनि सर्वोच्च अदालतको संयुक्त इजलासले शुक्रबार त्यस्तो आदेश दिन अस्वीकार गरेको थियो ।
कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको नाममा आह्वान भएको आन्दोलनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघलगायत संघसंस्था सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय