LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

बुटवल । केरुङ्गेली समाज रुपन्देहीले नया बर्ष २०८२ को क्यालेण्डर बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

अर्घाखाँची जिल्ला साविकको केरुङ्गा गाउँ विकास समितिमा जन्म भई रुपन्देही र आसपासमा स्थायी तथा अस्थायी बसोबास गर्दै आएका केरुङ्गेलीहरुका बीचमा आपसमा सुख दुख साटासाट गर्ने र समस्यामा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले २०५७ मा केरुङ्गेली समाज स्थापना भएको हो।

कार्यक्रममा सस्थाका सल्लाहकार ओेमप्रकाश श्रेष्ठले समाजले विगतदेखि नै रचनात्मक र सिर्जनशिल कार्यक्रम गर्दै आएकोमा यसको निरन्तरता सहित नयाँ कार्यक्रम गर्नका लागि शुभकामना दिए।

संस्थाका सल्लाहकार खेमराज खनालले रुपन्देहीमा यस्तो प्रकृतिको सस्था पहिलो रहेकोले यसले अन्य समाजको समेत अभिभावकिय जिम्मेवारी वहन गर्दै सबैलाई मानवीय सेवामा लाग्नकालागि कार्यक्रम बनाउन आग्रह गरे।

सल्लाहकार नवराज खनाल, जीवनप्रकाश पाण्डे, बावुराम पाण्डे लगायत सम्पूर्ण कार्यसमिति परिवारले एक आपसमा शुभकामना आदानप्रदान गरका थिए।

सस्थाका अध्यक्ष यज्ञमूर्ति पाण्डेले केरुङ्गा अर्घाखाँचीबाट रुपन्देही र आसपासको भूगोलमा बसेका र समाजको सदस्यता नलिएका सबैलाई यस समाजमा जोड्ने अभियानमा लाग्नका लागि अनुरोध गरे।

कार्यक्रम वरिष्ठ उपाध्यक्ष सालिकराम खनालको स्वागत एवम् सचिव शोभाखर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय