LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा रहेको बुद्धनगर युवा क्लवको आयोजनामा प्रथम बीवाईसी कप खुला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

चैत २७ गते बुधबारदेखि हुने प्रतियोगिता चैत ३० गतेसम्म हुने सोमबार खेल आयोजक बुद्धनगर युवा क्लव सैनामैना ५ ले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

देशको कुनाकाप्चामा रहेका प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने आयोजकको विश्वास छ ।

प्रतियोगिता आयोजक बुद्धनगर युवा क्वलका अध्यक्ष दिपक चौधरीले प्रतियोगिता संचालन गर्न चुनौति रहेपनि युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकोले सवैको सहयोगमा प्रतियोगिता सम्पन्न हुने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नंं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेलले बुद्धनगर युवा क्लवको आयोजनमा हुने प्रतियोगिताले यस क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले क्लवले विगतदेखि नै सामाजिक क्षेत्रमा धेरै काम गरेको बताउँदै आगामी दिनमापनि क्लवले गर्ने काममा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

क्लवका खेल संयोजक दिपक ज्ञवालीले गर्मी सुरु भैसकेको भएपनि खेल सफलरुपमा सम्पन्न हुने बताउनुभयो । उहाँले बुद्धनगर युवा क्लवले आयोजना गरेको प्रतियोगिता हेरेर साथ र सहयोग गरिदिन आग्रह गर्नुभयो ।
प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च लाग्ने अनुमान गरिएको क्लवले जनाएको छ ।

क्लवका अनुगमन संयोजक नारायण खरेलले प्रतियोगिता सम्पन्न गर्न विदेशमा बस्ने नेपालीहरुको ठूलो सहयोग रहेको बताउँदै सैनामैनाका दाजुभाई दिदी बहिनीहरु र संघ संस्थाहरुले समेत सहयोग दिने आश्वासन दिएको बताउनुभयो ।

प्रतियोगितामा परासी युवा क्लव, लाफा समूह बुटवल, बुद्धनगर युवा क्लब, सृष्टि युवा क्लव, न्यू होराईजन स्पोर्टस क्लव, मणिमुकुन्द भलिबल क्लव, गोल्डेन युवा क्लव, शुद्धोधन गाउँपालिका र गोलपार्क स्पोर्टस क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख ५ हजार ५ सय ५५ पुरस्कार पाउने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाउने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय