LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ४  परम्परागत चैत्र पूर्णिमा उत्सव एबं रुमिन्देई माई मेला शुक्रबारदेखि सुरु भएको छ । मेलाको उदघाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले शुक्रबार एक समारोहका बीच गर्नुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका आयोजक तथा लुम्बिनी विकास कोष सहआयोजक रहेको मेला बैशाख २ गतेसम्म सञ्चालन हुनेछ । मेलालाई भब्यरुपमा सम्पन्न गर्न नगरपालिकाले सम्पूर्ण व्यवस्था गरेको छ । नगर प्रमुख मुसलमानले ऐतिहासिक एवं परम्परागत रुपमा चलिआएको चैत्र पूर्णिमा उत्सव एवं रुमिन्देई मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सवैको दायित्व र कर्तब्य रहेको बताउनुभयो । उहाँले यस प्रकारका ऐतिहासिक मेला संरक्षण गर्न नगरपालिकाले आगामी दिनमा ध्यान दिने बताउनुभयो ।

मेला उदघाटन समारोहमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंं ४ का वडा अध्यक्ष विनोदकुमार श्रीवास्तवले मेलाको महिमाको बारेमा बताउनुभएको थियो भने अहमद हुसेन खान र अर्जुन कुर्मीले लुम्बिनी क्षेत्रमा बर्षौदेखि सञ्चालन हुँदै आएको मेलालाई अझै भब्य र सौहार्दपूर्ण बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सञ्चालन राजन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय