LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका ३ पडरियामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सेवाग्राहीले नगर क्षेत्रमा भैरहेका विकास निर्माणका कामदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, नाली र कल्भर्ट लगायतका आम चासोका बिषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।


कार्यक्रममा सेवाग्राहीको प्रश्नको जवाफ दिदै नगर प्रमुख सजरुद्दीन मुसलमानले नगरमा बन्दै गरेका विभिन्न सडक आयोजनाको बिषयमा जानकारी दिनुभयो । उहाँले बर्षायाममा यात्रीलाई सडक आवागमनमा हुने असुविधालाई मध्यनजर गरि अहिलेदेखि नै निर्माणको कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले धेरै सडकको यही महिनाभित्र काम सुरु गरी असार अगावै निर्माणको काम सम्पन्न गर्ने योजना रहेको सुनाउनुभयो ।

त्यसैगरि कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना हरिजनले लुम्बिनी प्रदेशकै सवैभन्दा धेरै कुपोषित बालबालिका लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको भन्दै यो सवै अवस्था अन्त्यका लागि जनचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गर्भवती महिलाहरुका लागि पूर्ण खोप सुनिश्चितताका कार्यक्रम राख्नुपर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रको सुधार गर्ने हो भने नगरका महिलाहरुलाई चेतनामूलक स्वास्थ्य कार्यक्रममा जोडनुपर्ने धारणा राख्नुभयो । उहाँले महिला र बालबालिकाको क्षेत्रमा नगरले गर्नुपर्ने कार्यक्रम आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गर्ने कि नगर्ने भन्ने सवालमा गंभीर हुन आग्रह गर्नुभयो ।


त्यसैगरी सेवाग्राहीको प्रश्नको जवाफ दिदै लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले आफू नगरपालिकामा रहुञ्जेल सय प्रतिशत नतिजा दिनेगरि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कुनै काम विशेष बाहेक हर दिन कार्यालयमा उपस्थित हुँदै आएको र भुक्तानीको काममा समेत कुनै बिलम्ब नगरी सेवाग्राहीको काम गरिएको जानकारी दिनुभयो ।


सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख सजरुद्दीन मुसलमानको अध्यक्षतामा भएको थियो भने सञ्चालन बैखरी अनलाईनका सागर विकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय