LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना नगरपालिका वडा नंं १० झिमझिमिया स्थित प्याराडाइज ईङ्गलिस स्कुलको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । शैक्षिक सत्र २०८१ को कक्षा ७ सम्मको बार्षिक नतिजा सार्वजनिक गरी विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले प्याराडाइज ईङ्गलिस स्कुलले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै आगामी दिनमा विद्यालयको शैक्षिकप्रगति अझै बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्तबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा अभिभावकको भब्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रिन्सीपल सौगात भट्टराईले विद्यालयको शैक्षिक गतिविधिका बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक इश्वरीप्रसाद खनालले स्वागत गर्नुभएको थियो ।
यसअघि बिहिबार हुने भनिएको कार्यक्रम शुक्रबारलाई सारेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय