LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल ८ सुखानगरमा रहेको दीप बोर्डिङ हाईस्कुलले शुक्रबार नतिजा प्रकाशन, पुरस्कार वितरण, सम्मान एवम् विविध सांस्कृतिक कार्यक्रम गरेको छ । कार्यक्रममा शैक्षिक सत्र २०८१ मा कक्षागत र तहगत रूपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड प्रदान गरिएको थियो भने अभिभावकलाई खादाद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा एसइइ परीक्षा २०८० मा ए प्लस ग्रेड ल्याउने दीप बोर्डिङ हाई स्कुल र दीप बोर्डिङ हाईस्कुलको कक्षा ११ मा भर्ना भएका अन्य विद्यालयबाट आएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा विएलईमा ४ जिपिए ल्याउर्ने, कक्षा नर्सरीदेखि कक्षा १२ सम्म निरन्तर अध्ययन गर्ने, कक्षा ११ को वार्षिक परीक्षामा र एसइइ प्राक्टिस परिक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने एसइइ र एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन योगदान गर्ने शिक्षक, विद्यालयमा पूर्ण उपस्थित हुने शिक्षक र कर्मचारी, सेवानिवृत्त शिक्षक र कर्मचारी, उत्कृष्ट प्रशिक्षकलगायतलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरूले स्वागत गीत, सरस्वती वन्दना नृत्य र नृत्य प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूले सांस्कृतिक भेषभूषा प्रदर्शन र कराँते डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए । आशिका पाण्डेले अनुभव मन्तव्य प्रस्तुत गरेकी थिइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोजूँको अध्यक्षता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनका केन्द्रीय सह अध्यक्ष गोपाल आचार्यको प्रमुख आतिथ्यता, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका एसोसिएट डिन प्रा.डा. हेमराज काफ्लेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेय र छवि ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय