जेष्ठ नागरिक मिलनकेन्द्र सैनामैना रुपन्देहीको प्रारम्भिक साधारण सभा १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । नारायण पाण्डेको अध्यक्षतामा गठन भएको नयाँ समितिको महासचिवमा इन्द्रबहादुर खत्री हुनुहुन्छ भने बरिष्ठ उपाध्यक्षमा पुष्कर भुसाल, प्रथम उपाध्यक्षमा अनिल पहाडी, महिला उपाध्यक्षमा सरस्वती श्रीस, कोषाध्यष सुनिता खत्री श्रीस र सचिवमा सुरज पोखरेल हुनुहुन्छ ।
त्यसअघि सैनामैना वडा नंं १ स्थित एकता टोलको कार्यालय भवनमा भएको साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिका वडा नंं १ का वडा अध्यक्ष भुवन क्षेत्रीले देशको विकासमा जेष्ठ नागरिकको योगदान कहिल्यै विर्सन नसकिने बताउँदै जेष्ठ नागरिकहरु देशको गहना हुन भन्नुभयो ।




सोही अवसरमा शुभकामना मन्तब्य दिदै जेष्ठ नागरिक मिलन केन्द्रका सल्लाहकार सुर्यबिक्रम राना, आमा समूहको तर्फबाट शारदा घिमिरे र सैनामैना १ का वडा सदस्य प्रेमलाल भुसाल र कथाबाचक चन्द्रकान्त काफ्ले लगायतले जेष्ठ नागरिकलाई समाजमा उपेक्षा होइन सम्मान दिनुपर्नेमा जोड दिदै नयाँ नेतृत्वलाई बधाई समेत दिनुभएको थियो ।
जेष्ठ नागरिक मिलनकेन्द्र सैनामैनाका अध्यक्ष फटिकबहादुर केसीको अध्यक्षतामा भएको प्रारम्भिक साधारण सभामा उपाध्यक्ष शोभाखर बञ्जाडेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव पुष्कर भुसालले गर्नुभएको थियो ।




