LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

जेष्ठ नागरिक मिलनकेन्द्र सैनामैना रुपन्देहीको प्रारम्भिक साधारण सभा १५ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । नारायण पाण्डेको अध्यक्षतामा गठन भएको नयाँ समितिको महासचिवमा इन्द्रबहादुर खत्री हुनुहुन्छ भने बरिष्ठ उपाध्यक्षमा पुष्कर भुसाल, प्रथम उपाध्यक्षमा अनिल पहाडी, महिला उपाध्यक्षमा सरस्वती श्रीस, कोषाध्यष सुनिता खत्री श्रीस र सचिवमा सुरज पोखरेल हुनुहुन्छ ।

त्यसअघि सैनामैना वडा नंं १ स्थित एकता टोलको कार्यालय भवनमा भएको साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिका वडा नंं १ का वडा अध्यक्ष भुवन क्षेत्रीले देशको विकासमा जेष्ठ नागरिकको योगदान कहिल्यै विर्सन नसकिने बताउँदै जेष्ठ नागरिकहरु देशको गहना हुन भन्नुभयो ।


सोही अवसरमा शुभकामना मन्तब्य दिदै जेष्ठ नागरिक मिलन केन्द्रका सल्लाहकार सुर्यबिक्रम राना, आमा समूहको तर्फबाट शारदा घिमिरे र सैनामैना १ का वडा सदस्य प्रेमलाल भुसाल र कथाबाचक चन्द्रकान्त काफ्ले लगायतले जेष्ठ नागरिकलाई समाजमा उपेक्षा होइन सम्मान दिनुपर्नेमा जोड दिदै नयाँ नेतृत्वलाई बधाई समेत दिनुभएको थियो ।

जेष्ठ नागरिक मिलनकेन्द्र सैनामैनाका अध्यक्ष फटिकबहादुर केसीको अध्यक्षतामा भएको प्रारम्भिक साधारण सभामा उपाध्यक्ष शोभाखर बञ्जाडेले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव पुष्कर भुसालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय