LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताउनु भएको छ । नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपा काडमाण्डौमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले वार्ता र सम्वादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताउनु भएको हो ।
सभापति देउवाले शिक्षकहरुको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरु पनि तयार हुनुपर्ने जिकिर गनुर््भयो । उहाँले शिक्षकहरुका माग सरकारले पूरा गर्नुपर्ने र त्यसका लागि आफूले पनि सरकारसंग कुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै सभापति देउवाले वर्तमान संविधानको व्यवस्था अनुसार कुनैपनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने नेपालको संविधान रहेको दावी गर्नुभयो ।

अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उहाँको भनाई छ ।
देउवाले भन्नुभयो– हाम्रो देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको छ । यसमा मुस्लिम समुदायको पनि प्रतिनिधित्व छ, नेपालको संविधान अत्यन्तै राम्रो छ । सबैलाई मिलाउन सक्ने संविधान छ ।’
उहाँले मुस्लिम समुदायबाट पनि धेरै नेताहरूको प्रतिनिधित्व आफ्नो पार्टीमा रहेको भन्दै उक्त विषय खुसीको कुरा हो भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय