LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कपिलवस्तुको बाणगंगा नगरपालिका २ बैजलपुरमा रहेको बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सामुदायिक विद्यालयलाई १२ लाख रुपैया बराबरको सूचना प्रविधिसंग सम्बन्धित सामाग्री प्रदान गरेको छ ।
बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले पञ्च आधारभूत विद्यालय बाणगंगा २ बैजलपुरलाई उक्त सामाग्री वितरण गरेको हो ।

वन उपभोक्ता समूहका अध्यक्ष सत्यनारायण चौधरीका अनुसार इन्भर्टर ब्याट्री ४ थान,७५ इञ्चको स्मार्ट टिभी एक थान, १९ इञ्चको १५ थान एलसीडी, भी क्लाउड ५ थान, ६ ओटा क्यामरा सहितको सिसि क्यामरा १ सेट, मल्टीपिसी १ थान, प्रिजेन्टर ६ थान, कि बोर्ड १५ थान, माउस १० थान, ल्यापटप ३ वटा, स्पीकर ४, कम्प्युटर प्रिन्टर एकथान, ठूलो स्पीकर १ थान विद्यालयलाई हस्तान्तरण गरिएको छ ।


त्यसैगरी प्लाईउड सिलिङ, ३० इञ्चीको टिभी र दुईसय १० जना विद्यार्थीलाई ट्रयाकसुट समेत वितरण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
सामुदायिक वनको सामाजिक बिकास कार्यक्रम अन्तरगत आ.व. २०८१÷८२ को रकम बाट उक्त समान हस्तान्त्ररण गरिएको समुहका अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय