काठमाडौं, वैशाख २६। पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल आक्रमण गरेको छ, जसले भारतका तीन प्रमुख सीमावर्ती राज्य जम्मू-कश्मीर, पञ्जाब र राजस्थानलाई लक्ष्य बनाएको छ। भारतीय सञ्चारमाध्यमले बिहीबार ११ वटा सहरहरूमा आक्रमण भएको जनाएको छ।
पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेशनलाई निशाना बनाएको बताइन्छ, तर भारतीय वायु रक्षा प्रणालीले ती आक्रमणहरू विफल पारेको दाबी गरिएको छ। यससँगै, पाकिस्तानले राजस्थानका जैसलमेर र पोखरण सहरहरूमा पनि ड्रोन आक्रमण गरेको छ।



पञ्जाब, जम्मू-कश्मीर र राजस्थानका सीमावर्ती जिल्लाहरूमा उच्च सतर्कता कायम राखिएको छ। जम्मू, किस्तवाड, अखनूर, साम्बा, पठानकोट, जालन्धर र अमृतसरजस्ता सहरहरूमा पूर्ण ब्ल्याकआउट गरिएको छ।
स्थानिय बासिन्दाले आरएस पुरा सेक्टरमा पाकिस्तान तर्फबाट भारी गोलाबारी भइरहेको बताएका छन् भने, कुपवाडा र बारामुल्लामा नियन्त्रण रेखामा गोलाबारीको आवाज सुनिएको छ।
भारतको धार्मिक स्थल धर्मशालामा आईपीएल खेल रोकिएको छ। पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बिचको खेल फ्लडलाइटहरू निभाइएपछि रोकिएको थियो। यसले भारतको खेलकुद क्षेत्रमा पनि सुरक्षा प्रभावको संकेत गरेको छ।
जम्मू-कश्मीर र पञ्जाबका जिल्लाहरूमा आक्रमणको डरबाट कर्फ्यु र अन्धकार लागिएको छ। भारतीय सुरक्षा बल र सीमा सुरक्षा बलले आक्रमणको समुचित जवाफ दिएका छन्।
यस घटनाले भारत र पाकिस्तान बीचको सीमा तनावलाई अझ बढाएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै देशलाई संयमता अपनाउन र कूटनीतिक प्रयासहरूलाई अघि बढाउन आग्रह गरेको छ। यस घटनामा चीन, अमेरिका र साउदी अरेबियासहितका देशहरूले आपसी वार्ता र समधानको लागि दवाब दिन थालेका छन्।
पाकिस्तानको आक्रमणले भारतको सीमा सुरक्षा र जनजीवनमा ठूलो असर पारेको छ। स्थिति अझै जटिल बनेको छ र थप आक्रमणको खतरा पनि उच्च छ। दुवै देशले कूटनीतिक र सैन्य स्तरमा स्थितिलाई नियन्त्रणमा राख्न संघर्ष गर्दैछन्।




