LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

२७ वैशाख, काठमाडौं ।
नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा बहराइनमाथि सहज जीत हात पारेको छ।

थाइल्याण्डको तेरथाइ क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो। वर्षा र भिजेको मैदानका कारण खेललाई ५ ओभरमा झारिएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेटको क्षतिमा ४१ रन बनाएको थियो। बहराइनकी कप्तान दिपिका रंगासिकाले १३ बलमा ३४ रनको तेज तर्रार पारी खेल्दै टिमलाई चुनौतीपूर्ण स्कोरमा पुर्‍याइन्। उनी श्रीलंकाबाट अनुभव बटुलेकी खेलाडी हुन्।

४२ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालले ४.२ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कविता कुँवरले १८ रन बनाइन् भने सम्झना खड्का १३ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ७ रनमा क्रिजमै थिइन्।

यसअघि शुक्रबार हङकङविरुद्धको नेपालको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। टससमेत हुन नसकेको उक्त खेलमा नेपाल र हङकङले १–१ अंक बाँडेका थिए।

नेपालले अब मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब कायम नै छ, ताकि विश्वकपको अर्को चरणमा प्रवेशको सम्भावना जीवित रहोस्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय