LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

तुलसीपुर २७ बैशाख
दिव्य कुञ्ज एकेडेमीको आयोजनामा मानव सेवा आश्रम तुलसीपुरमा आश्रित लक्ष्मीनारायण बालगोपाल जस्ता व्यक्तिहरूको सहयोगार्थ मुठीदान कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर भण्डारी ‘मोहन’को अध्यक्षता तथा मानव सेवा आश्रमका संयोजक हिरु जोशीको प्रमुख आतिथ्यता रहेको थियो।

एक मुठी दान–मानवताप्रतिको सम्मान’ भन्ने मूल नारासहित सञ्चालित कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब १००० भन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहयोगमा रु १५,००० नगद तथा १५० किलो भन्दा बढी चामल संकलन गरी आश्रमलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले जानकारी दिनुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि जोशीले यो अभियान दाङ जिल्लामै पहिलोपटक विद्यालय तहमै विद्यार्थीहरूबाट सञ्चालित सामाजिक सहयोगको उदाहरण भएको बताउनुभएको हो।

अध्यक्ष भण्डारीले मुठीदान कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको चेतना विकास गर्नुका साथै मानवताका लागि सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभएको हो ।

कार्यक्रमको शुरुवात निमावि सहसयोजक भावना भट्टराईको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका सरला श्रेष्ठले गर्नुभएको थियो।

सहयोग, करुणा र दया भावनाको सन्देश बोकेको यस कार्यक्रमले समाजमा आश्रितहरूप्रति गरिनुपर्ने जिम्मेवारीबोध र एक मुठीले पनि कसैको जीवन उज्यालो बनाउन सक्ने सन्देश फैलाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय