LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी, वैशाख २९ — भगवान् गौतम बुद्धको २५६८ औँ जन्मजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले विशेष सरसफाई अभियान सञ्चालन गरेको छ। आइतबार लुम्बिनीका विभिन्न चोक, चौराहा तथा सार्वजनिक स्थानहरूमा सरसफाई कार्य गरिएको हो।

गत बुधबारदेखि सुरु गरिएको सरसफाई अभियानलाई बुद्ध जयन्तीको दिन विशेष रुपमा विस्तार गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ। नगर प्रमुख सजरुद्दीन मुसलमानको नेतृत्वमा गरिएको अभियानमा नगरपालिकाका कर्मचारी, विभिन्न संघ–संस्था, स्थानीय व्यवसायी, आमा समूह, क्लब तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो।

बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाउन लुम्बिनीमा तीन दिने कार्यक्रम तय गरिएको छ। यस अवसरलाई लक्षित गर्दै सरसफाई मात्र नभई लुम्बिनीको सौन्दर्य वृद्धि तथा वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख मुसलमानले लुम्बिनीलाई स्वच्छ, हराभरा र पर्यावरणमैत्री क्षेत्रको रूपमा विकास गर्न नगरपालिकाले दीर्घकालीन योजना अघि बढाएको जानकारी दिनुभयो। “बुद्ध जयन्तीमा मात्र होइन, प्रत्येक दिन लुम्बिनी सफा राख्न सरसफाई नियमित गरिन्छ,” उहाँले भन्नुभयो।

नगरपालिकाले फोहर व्यवस्थापनलाई व्यवस्थित गर्न कुहिने र नकुहिने फोहोर छुट्याउने तालिका नै बनाएर कार्यान्वयनमा ल्याएको छ। साथै, फोहर व्यवस्थापन केन्द्र र हरित उद्यानको निर्माणमार्फत दीर्घकालीन समाधानको मार्ग खोलिएको समेत प्रमुख मुसलमानले बताउनुभयो।

बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै शान्ति सन्देश प्रवाह गर्ने केन्द्रको रूपमा विकास गर्न स्थानीय सरकारको प्रयास सराहनीय रहेको भन्दै स्थानीयवासीले पनि अभियानमा सकृय सहभागिता जनाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय