LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ कलौनीबाट लुम्बिनी जोड्ने सडकको स्तरोन्नतीको काम सुरु भएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र रुपन्देही ५ का प्रतिनिधि सभा सांसद बासुदेव घिमिरेले सैनामैनाको कलौनीमा एक समारोहका बीच सडक स्तरोन्नती कार्यको शिलान्यास गर्नुभयो ।
त्यस अवसरमा बोल्दै रुपन्देही क्षेत्र नंं ५ का प्रतिनिधि सभाका सांसद बासुदेव घिमिरेले स्थानीय जनताको माग चार लेन सडक निर्माण हुनुपर्छ भन्ने रहेपनि बजेटको अभावका कारण त्यो गर्न नसकिएको बताउँदै आगामी १५– २० बर्षसम्मको जनसंख्यालाई धान्ने गरि अहिले दुई लेन सडक भए पुग्छ भन्ने प्राविधिक रिपोर्ट तयार भएको र त्यसैलाई आधार मानेर सडक स्तरोन्नतीको काम सुरु भएको बताउनुभयो ।
सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनियर महेश्वर लम्सालले यो सडकको स्तरोन्नतीका लागि चार करोड रुपियाँ विनियोजन गरेर ठेक्का भएको बताउनुभयो । उहाँले ६ सय ५५ मिटर डेडीकेटेड डबल लेन स्टेण्डर्डमा निर्माण हुने बताउँदै सडकमै गाडी पार्किङ गरेपनि मजाले गाडी चल्न सक्ने गरि सडक बन्ने बताउनुभयो । उहाँले चार लेन सडक नभएपनि डबल लेन स्टेण्डर्डको यो सडकले आगामी १५–२० बर्ष धान्छ भन्ने अनुमान गरिएको बताउनुभयो ।

यो सडकको लागि ४ करोड बजेट परेकोमा एआरके आरम्भ जेभी लुम्बिनीले २ करोड ९७ लाख ४६ हजारमा ठेक्का लिएको छ । सडक निर्माणका क्रममा दायाँ बायाँ नाला र फुटपाथ सहित कलौनी चोकबाट काम हुनेछ ।
यही असारको मसान्तसम्मा काम सक्नुपर्ने गरि सम्झौता भएको छ । सडकमा ट्राफिक सेफ्टी, रोड मार्किङ र साईनबोर्ड समेत राखिने भएको छ ।
सडक निर्माणको ठेक्का पाएको एआरके आरम्भ जेभीका प्रोपाईटर राजेश कुमारले निर्धारित समयभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय