LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

स्वावलम्बन लघुवित्त वित्तिय संस्था सालझण्डी रुपन्देहीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई साउण्ड सिस्टम वितरण गरेको छ ।

सैनामैना ११ बनकट्टीमा रहेको सिद्धबाबा मन्दिरमा विहिवार आयोजित एक समारोहका बीच स्वावलम्बन लघुबित्त वित्तिय संस्थाले उक्त साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।

सिद्धबाबा जेष्ठ नागरिक आमा समूहकी अध्यक्ष कविता जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमु्ख अतिथि सैनामैना नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई साउण्ड सिस्टम हस्तान्तरण गरेकोमा धन्यबाद दिदै आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिनुभयो । उहाँले सिद्धवावा जेष्ठ नागरिक आमा समूहलाई कुनैपनि कार्यक्रम गर्न साउण्ड सिस्टमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

स्वावलम्बन लघुवित्त वित्तिय संस्था सालझण्डीका प्रमुख सुमन खत्रीले १४ हजारको लगानीमा खरिद गरिएको साउण्ड सिस्टम सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई प्रदान गरिएको बताउनुभयो । उहाँले यसभन्दा अघिपनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत दुधराक्षको कालमोचन शिवालय मन्दिरमा पनि जनचेतनामूलक कार्यक्रम गरेको बताउनुभयो । समारोहमा समाजसेवी नरेन्द्र रोकायाले पनि सामाजिक उत्तरदायित्व अन्तरगत वितरण गरिएको साउण्ड सिस्टमले सिद्धबाबा जेष्ठ नागरिक आमा समूहलाई कार्यक्रम गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय