LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिकामा दलित समुदायका लागि आयोजित आधारभूत जुत्ता कालिगढ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सैनामैना–६, कलौनीस्थित भगत सर्वजीत प्रतिष्ठानको भवनमा चैत १४ गतेदेखि बैशाख २७ गतेसम्म सञ्चालन भएको तालिममा १५ जना प्रशिक्षार्थी सहभागी थिए।

सैनामैना नगरपालिकाको आयोजना र सामुदायिक जागरण विकास मञ्च, रुपन्देहीको व्यवस्थापनमा सम्पन्न तालिमको समापन समारोहमा उपप्रमुख बिना रानाले सिप सिकेर आत्मनिर्भर बन्नेमा जोड दिनुभयो। उहाँले सिपले मात्र आर्थिक उपार्जनलाई सहज बनाउने नभई, सामाजिक दृष्टिकोण पनि बदल्ने उल्लेख गर्नुभयो।

कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक सुरज बरालले कुनै पनि सिप सानो वा ठूलो नहुने भन्दै सिप सिकेर जीवनलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो।

 

कार्यक्रममा सैनामैना कपडा तथा सिलाई व्यवसायी समितिका अध्यक्ष सन्तोष परियारले स्वागत मन्तव्य दिनुभयो भने निमित्त प्रशासकीय अधिकृत शिवलाल अर्याल, दलित उत्थान नगर समितिका अध्यक्ष जयलाल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य दिनुभयो। कार्यक्रमको सञ्चालन भगत सर्वजीत स्मृति प्रतिष्ठानकी सहसचिव सुमित्रा सुनारले गर्नुभएको थियो।

सिप विकास तालिमले स्थानीय समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय