LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देहीको सैनामैनामा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत संचालन भएको ४५ दिने हाते कढाई बुटिक तालिम सोमबार समापन भएको छ ।

सैनामैना नगरपालिकाको सहयोगमा ग्लोबल टेनिङ सेन्टर सिद्धार्थनगर भैरहवाको ब्यवस्थापनमा भएको तालिममा २५ जना प्रशिक्षार्थी महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियो ।

तालिम समापन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिलेको समयमा सिप सिकेर धेरै महिला दिदी बहिनीहरु आत्मनिर्भर भएको बताउनुभयो । उहाँले कुनैपनि कपडालाई नयाँ स्वरुप दिनु कला जस्तै नयाँ सिर्जना हो भन्दै तालिमबाट सिकेको कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुसंग आग्रह गर्नुभयो ।

सैनामैना नगरपालिका उपप्रमुख बिना रानाको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत सैनामैना नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले गर्नुभएको थियो ।

ग्लोबल टेनिङ सेन्टर सिद्धार्थनगर भैरहवाकी प्रशासन प्रमुख सुनिता पाठकको संचालनमा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीहरु लक्ष्मी अधिकारी र सुशीला थारुले तालिमबाट आफूहरुमा आत्मनिर्भर बन्न सघाउ पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । त्यस अवसरमा महिला प्रशिक्षार्थीहरुलाई ब्लाउज, सुरुवाल, सल, कुर्ता, चुन्नी र मायाको चिनो बनाउन प्रशिक्षण दिनुका साथै साडी लगायतका कपडामा कढाई गर्न समेत सिकाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय