LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |
प्रतिनिधिसभाको बैठक आज, प्रधानमन्त्रीले प्रश्नको जवाफ

६ जेठ, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजको प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यसूची हटाइएको छ। प्रधानमन्त्रीले सांसदसँग प्रत्यक्ष रुपमा प्रश्नोत्तर गर्ने कार्यक्रम तय भए पनि स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उक्त कार्यसूची हटाइएको हो।

सभामुख देवराज घिमिरेको सचिवालयले प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।

प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो। बैठकमा अन्य निर्धारित कार्यसूची भने यथावत् रुपमा अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

यसअघि तय भएको कार्यसूचीअनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने र भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय