LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन १ मा रहेको श्रीसमयमाई सामुदायिक बन उपभोक्ता समूहको २६ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समूहका अध्यक्ष प्रेम बहादुर थापा मगरले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष ज्ञान बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा बोल्दै वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले कुनैपनि समूह, संघ, संस्था वा कार्यालयलाई पारदर्शी र मितव्ययिता बनाउन कुनै एक अध्यक्ष वा समितिका पदाधिकारीहरुको मात्र जिम्मेवारी नहुने बिचार व्यक्त गर्नुभयो । उहाँले संस्थाको नेतृत्व गर्नु भनेको परिवारको अभिभावकत्व ग्रहण गर्नु जत्तिकै जिम्मेवारी र कर्तब्य रहेको बताउदै वडा अध्यक्ष थारुले नेतृत्व कहिल्यै हतास र निरासामा नभई उर्जा जस्तोसुकै समस्या आइपरेपनि समाधान गरेर अगाडी बढ्न सकिने बताउनु भयो ।

उहाँले कञ्चनलाई चिनाउने दानापुर ताल समेत यस समूहको बन सेवा क्षेत्र भित्र परेको र तालको पर्यटन प्रबद्र्धन गर्न समूहको दुरदर्शी नेतृत्व र व्यबस्थापन गर्न सुझाव दिनुभएको थियो।
यस्तै कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य चित्रलाल तुलाचनले दानापुर तालको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न समूहलाई अझ व्यबस्थित बनाउदै जानुपर्ने उल्लेख गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले एकले अर्कालाई दोष देखाएर वा टिका टिप्पणी गरेर भन्दा पनि समूहभित्र देखिएको कमजोरीलाई दोहोरिन नदिन सबैको एकतामा सामुहिकताको बिकास गर्न आवश्यक रहेको बताउनु भयो।

कार्यक्रममा समूहका सल्लाहकार लोकबहादुर भूजेल, लिलबहादुर दर्लामी, चाँदनी युवा क्लवका अध्यक्ष निमप्रसाद थापा, समूहका लेखा समितिका संयोजक बुद्ध बहादुर राहादी, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलकराम लोध, समूहका उपाध्यक्ष नरबहादुर थापा, धनबहादुर भूजेल, दानापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव राजेन्द्र प्रसाद घर्ति लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समूहका अध्यक्ष प्रेमबहादुर थापा मगरको अध्यक्षता, सचिव ओमकला राहादीको सञ्चालनमा भएको कार्यक्रममा समूहका सदस्य उर्मिला लोधले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय