LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं २ र वडा नं. ४ पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ ।
कञ्चन गाउँपालिका वडा नं. २ को आयोजनामा विहिवार कञ्चनमा आयोजित एक समारोहकाबीच दुवै पालिका पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले कञ्चन गाउँपालिकाका दुईवटा वडा पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएकोमा बधाई दिनुभयो । उहाँले कञ्चनका वडा नं. २ र वडा नंं ४ का बालबालिका तथा महिलाहरुको स्वास्थ्यमा सुधार ल्याउन पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणाले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज श्रेष्ठले कञ्चनको वडा नंं २ र ४ का बालबालिकामा खोपको पहुँच पुगेको तथा महिलाहरुमा प्रसुती सेवाको सुनिश्चितता हुनु गर्बको बिषय भएको बताउनुभयो ।

त्यसैगरी कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको दुईवटा वडा खोपको पहुँचमा र प्रसुती सेवा सुनिश्चित हुनु कञ्चनकै लागि सुखद बिषय भएको बताउनुभयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद पोखरेल, वडा अध्यक्षहरु टेकबहादुर गुरुङ र केशरवहादुर खत्री लगायतले बोल्दै कञ्चनका दुईवटा वडा पूर्ण खोप दिगोपना सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा हुनु सवै कञ्चनबासीका लागि खुसीको कुरा भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय