LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा विहिवारदेखि बुटवलमा पत्रकारहरुको क्षमता विकासका लागि डिजिटल पत्रकारिता तालीम सुरु भएको छ ।
दुई दिनसम्म चल्ने तालिममा ६० बढी पत्रकारहरुको सहभागिता रहेको छ ।

तालिम शुभारम्भका अवसरमा बोल्ने बक्ताहरुले पत्रकारहरुको क्षमता विकासका लागि यस प्रकारका तालिम सहयोगी सावित हुने बताउनु भयो । पछिल्लोसमय सूचना प्रविधिको नयाँ नयाँ प्रयोगको बिषयमा पत्रकारहरुलाई जानकारी दिनपनि यो तालिमले सहयोग पु¥याउने बताउनु भएको छ । दुई दिने तालिमबाट पत्रकारिता क्षेत्रमा कृयाशील सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारिताको बिषयमा नयाँ नयाँ बिषय सिक्ने अवसर समेत हुने भएकोले यो तालिम फलदायी हुने विश्वास गरिएको छ ।

तालिम शुभारम्भका अवसरमा वरिष्ठ पत्रकार डाक्टर बालकृष्ण चापागाई, नोपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस काउन्सिल लुम्बिनीका अध्यक्ष मिलन गाहा लगायतले बोल्दै तालिम पत्रकारहरुको क्षमता विकासमा महत्वपूर्ण सहयोगी हुने वताउनु भयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षतामा भएको तालिम लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा भएको हो ।
तालिममा वरिष्ठ पत्रकार उज्वल आचार्यले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय