LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

१८ औं गणतन्त्र दिवसको अवसरमा सैनामैना नगरपालिकाले विहिवार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले गणतन्त्र आएको लामो समय भैसकेकोले अव जनताले अनुभूति गर्न पाउने गरि काम गर्नुपर्नेमा जोड दिएका छन । गणतन्त्रले जनताको जीवनमा परिवर्तन ल्याउनुपर्ने कार्यक्रममा बोल्ने सहभागीहरुको धारणा रहेको छ ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले गणतन्त्रमा सवैको विचारलाई सम्मान गर्ने परिपाटी अनुसरण गर्नुपर्नेमा जोड दिदै गणतन्त्रको यही विशेषतालाई अंगीकार गर्दै आफू अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले सैनामैनाको विकास र सम्मृद्धिका लागि सामाजिक तथा भौतिक क्षेत्रमा आफूहरुले गरेको कामले गति लिएको उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्कीले राजनैतिक नेतृत्व देश र जनताप्रति गंभीर भएर अघि नबढ्ने हो भने गणतन्त्र खतरामा पर्न सक्ने चुनौति रहेको बताउनुभयो । उहाँले हाम्रो जस्तो सानो मुलुकमा सात सातवटा प्रदेशको औचित्यको विषयमा प्रश्न उठन थालेको बताउँदै संघीयताकै बिषयमा जनताले समेत कुरा उठाउन थालेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका रुपन्देही जिल्ला सदस्य दिपक भण्डारीले गणतन्त्र ल्याउन सैनामैनाबाट आहुती दिने सहिदहरुलाई सम्बोधन गर्न नसकेको भन्दै आगामी दिनमा सम्बोधन हुने कार्यक्रम ल्याउन सुझाव दिदै अनिमात्र गणतन्त्र आएको सार्थकता हुने बताउनुभयो ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य चित्रवहादुर केसीले गणतन्त्रको विकल्प भनेको उन्नत गणतन्त्र हो भन्दै पार्टीको आन्तरिक जीवनमा पनि गणतन्त्रको महसुस हुने गरि काम गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका प्रदेश सदस्य खुसीराम चौधरीले नेता खराब भए भन्दैमा व्यवस्था नै खराब हुदैन भन्दै गणतन्त्रमाथि धावा बोल्ने काम कसैलेपनि गर्न नहुने उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाका सैनामैना सभापति राजबहादुर क्षेत्री, जनता समाजबादी पार्टीका नगर इञ्चार्ज लक्ष्मी शर्मा, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, सैनामैना उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकराज अधिकारी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय