LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजनामा एक दिने अभीमुखीकरण तालिम बुटवलमा सोमबार सम्पन्न भएको छ ।

सहकारीमा नियामकीय निर्देशन, संशोधित सहकारी ऐन र मापदण्ड कार्यान्वयन बिषयक तालिममा रुपन्देही जिल्लाका सहकारीका अध्यक्ष, व्यवस्थापक लगायत पदाधिकारीहरु गरि एकसय जनाको सहभागिता रहेको थियो ।
सहकारी प्राधिकरण ऐन दुवै सदनले पारित गरि गठन प्रकृयामा रहेको अवस्थामा सोमबार अभीमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले अभिमुखीकरण कार्यक्रमले सहकारी प्राधिकरण ऐनका विषयमा रहेको प्रावधान लगायतका बिषयमा छलफल गरि साझा धारणा बनाउन सहज हुने बताउनुभयो । कार्यक्रममा उपस्थित सहकारीकर्मीहरुले सहकारीको नियामकीय निर्देशन, सहकारी ऐन र मापदण्ड कार्यान्वयनका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

पछिल्लो समय सहकारी ठगीका घटना बढिरहेकोले सरकारले नयाँ सहकारी ऐनमार्फत सहकारीका प्रावधान कसिलो बनाउने, नियामक निकायलाई प्रभावकारी बनाउने र सहकारी व्यवस्थापनका मापदण्डमा कडाई गर्ने गरि नयाँ ऐनको गृहकार्य गरिरहेको छ । अहिले देशैभरीबाट सहकारी सम्वन्धि सुझाव लिने काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय