LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजनामा एक दिने अभीमुखीकरण तालिम बुटवलमा सोमबार सम्पन्न भएको छ ।

सहकारीमा नियामकीय निर्देशन, संशोधित सहकारी ऐन र मापदण्ड कार्यान्वयन बिषयक तालिममा रुपन्देही जिल्लाका सहकारीका अध्यक्ष, व्यवस्थापक लगायत पदाधिकारीहरु गरि एकसय जनाको सहभागिता रहेको थियो ।
सहकारी प्राधिकरण ऐन दुवै सदनले पारित गरि गठन प्रकृयामा रहेको अवस्थामा सोमबार अभीमुखीकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले अभिमुखीकरण कार्यक्रमले सहकारी प्राधिकरण ऐनका विषयमा रहेको प्रावधान लगायतका बिषयमा छलफल गरि साझा धारणा बनाउन सहज हुने बताउनुभयो । कार्यक्रममा उपस्थित सहकारीकर्मीहरुले सहकारीको नियामकीय निर्देशन, सहकारी ऐन र मापदण्ड कार्यान्वयनका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

पछिल्लो समय सहकारी ठगीका घटना बढिरहेकोले सरकारले नयाँ सहकारी ऐनमार्फत सहकारीका प्रावधान कसिलो बनाउने, नियामक निकायलाई प्रभावकारी बनाउने र सहकारी व्यवस्थापनका मापदण्डमा कडाई गर्ने गरि नयाँ ऐनको गृहकार्य गरिरहेको छ । अहिले देशैभरीबाट सहकारी सम्वन्धि सुझाव लिने काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय