LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सहरी पूर्व तयारी तथा आपतकालीन प्रतिकार्य प्रवद्र्धन सुपर परियोजना अन्तरगत सैनामैनामा सोमबार तातो हावाको लहर लु सम्बन्धि सचेतनामूलक सन्देश सहितको माईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

सैनामैना नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसको संयुक्त आयोजनामा भएको कार्यक्रममा सामाजिक सहजकर्ता डिल्लीराज जोशीले कार्यक्रमको बिषयमा जानकारी दिनुभएको थियो ।

विश्वभरी तापक्रम बढिरहेको सन्दर्भमा ग्लोबल हिट एक्सन डेको रुपमा बिट द हिट भन्ने नारासहित सैनामैना नगरपालिकामा यो दिवस सोमबार मनाईएको हो । सामाजिक सहजकर्ता डिल्लीराज जोशीले विद्यार्थीहरुमा दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम अन्तरगत विद्यालयमा अन्तरमाध्यमिक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उहाँले नगर क्षेत्रमा माईकिङ गर्ने र जनचेतनामूलक सन्देशहरुमार्फत जनताको घरसम्म विपद, तापक्रम बृद्धि र तातो हावा लुको विषयमा जानकारी पु¥याउने प्रयास गरिएको बताउनुभयो ।

केही स्थानमा भित्ते लेखन र तातो हावासम्वन्धि प्रतिकार्यका लागि जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
सैनामैना नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी, स्वीस रेडक्रस र सैनामैना नगरपालिकाको सहकार्यक्रमा गत बर्षदेखि विपदको बिषयमा जनचेतनामूलक कार्यक्रम गरिदै आएको छ । सोही सन्दर्भमा सोमबार सैनामैनाका पत्रकारहरुसंग विविध बिषयमा सोमबार विहान छलफल तथा कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय