LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ ।
बिहीबार बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो ।
करीब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आएपनि पूर्जाविहिन रहेका ४२ घरजग्गाका धनीलाई बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपूर्जा वितरण गर्नुभयो ।

लालपूर्जा वितरण गर्दै उहाँले बुटवलका अरु धेरै स्थानमा नापजाँच भएर पूर्जा दिन बाँकी रहेका सबैलाई छिटै नै पूर्जा दिने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले अहिले पनि बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच भइरहेको र प्रक्रिया पूरा गरेका स्थानको पूर्जा दिने गरी काम अगाडि बढेको बताउनुभयो ।

गाउँब्लकका जग्गाहरुको नापजाँच छुटेको भएमा वा कुनै समस्या रहेको भएमा बुटवल उपमहानगरपालिकाले सबै खर्च बेहोरेर नापजाँच गरेर पूर्जा दिने गरी अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो ।

उहाँले ६१ वर्ष अघिदेखि जमीन खरिद गरेर बसोबास गरेकालाई पूर्जा दिन पाउँदा खुशी लागेको र केही स्थानमा बसोबास र पूर्जाको विवरण फरक परेकोले त्यसको समेत सहजीकरण गरी पूनः नापजाँच गरी पूर्जाको त्रुटि सच्याउने गरी प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो । नापी कार्यालयसँगको सहकार्यमा सबै क्षेत्रका जमीनको पूर्जासम्बन्धी समस्याहरु समाधानका लागि अध्ययन भएको र छिटै नै काम अगाडि बढ्ने उहाँको भनाई छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पूर्जा प्राप्त गर्ने गरी प्रक्रिया पूरा भएकाहरुलाई लालपूर्जा वितरण गर्ने गरी काम भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय