LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल १५ मा लामो समयदेखि लालपूर्जाविहिन जग्गाधनीलाई पूर्जा वितरण गरिएको छ ।
बिहीबार बुटवल १५ सेमलार क्षेत्रका ४२ वटा गाउँ ब्लक जग्गाको पूर्जा वितरण गरिएको हो ।
करीब ५०–६० वर्षअघिदेखि बसोबास गर्दै आएपनि पूर्जाविहिन रहेका ४२ घरजग्गाका धनीलाई बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपूर्जा वितरण गर्नुभयो ।

लालपूर्जा वितरण गर्दै उहाँले बुटवलका अरु धेरै स्थानमा नापजाँच भएर पूर्जा दिन बाँकी रहेका सबैलाई छिटै नै पूर्जा दिने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले अहिले पनि बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच भइरहेको र प्रक्रिया पूरा गरेका स्थानको पूर्जा दिने गरी काम अगाडि बढेको बताउनुभयो ।

गाउँब्लकका जग्गाहरुको नापजाँच छुटेको भएमा वा कुनै समस्या रहेको भएमा बुटवल उपमहानगरपालिकाले सबै खर्च बेहोरेर नापजाँच गरेर पूर्जा दिने गरी अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो ।

उहाँले ६१ वर्ष अघिदेखि जमीन खरिद गरेर बसोबास गरेकालाई पूर्जा दिन पाउँदा खुशी लागेको र केही स्थानमा बसोबास र पूर्जाको विवरण फरक परेकोले त्यसको समेत सहजीकरण गरी पूनः नापजाँच गरी पूर्जाको त्रुटि सच्याउने गरी प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो । नापी कार्यालयसँगको सहकार्यमा सबै क्षेत्रका जमीनको पूर्जासम्बन्धी समस्याहरु समाधानका लागि अध्ययन भएको र छिटै नै काम अगाडि बढ्ने उहाँको भनाई छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले पूर्जा प्राप्त गर्ने गरी प्रक्रिया पूरा भएकाहरुलाई लालपूर्जा वितरण गर्ने गरी काम भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय