LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी सांस्कृतिक नगरपालिकाले विहिवार एक कार्यक्रमको आयोजना गरि नगरभित्रका ५० जना विद्यार्थीहरुलाई प्रतिष्पर्धाबाट छात्रबृत्ति वितरण गरेको छ ।
छात्रबृत्ति पाउनेमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १० जना विद्यार्थीलाइ आठ हजारका दरले छात्रबृति वितरण गरिएको छ । त्यसैगरी स्नातक तह अध्ययन गर्ने २८ जना विद्यार्थीलाई १० हजारका दरले छात्रबृत्ति वितरण गरिएको छ ।
त्यसैगरी बिएस्सी एजी, आईटी इञ्जिनियर, इञ्जिनियर र बि फार्फा अध्ययनरत गर्ने ६ जना विद्यार्थीलाई ३० हजारका दरले छात्रबृत्ति वितरण गरिएको छ ।

एमबीबीएस (डाक्टर) पढ्ने चारजना विद्यार्थीलाई ६० हजारका दरले छात्रबृत्ति वितरण गरिएको छ ।
छात्रबृत्ति पाएपछि विद्यार्थीहरुले यस किसीमको कार्यक्रमले पढने चाहना हुँदाहुँदै पढाई छोडन बाध्य तथा अध्ययनरत विद्यार्थीहरुलाई अझै पढाईमा अब्बल बन्न प्रोत्साहन मिलेको बताए ।

छात्रबृत्ति कार्यक्रमका विषयमा प्रकाश पार्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले पढाईमा अब्बल विद्यार्थीहरुलाई नगरपालिकाले सधै प्रोत्साहन गर्ने बताउँदै यो छात्रबृत्ति कार्यक्रम संगसंगै कक्षा ८, १० र १२ बाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई नगरपालिकाले उचित पुरस्कार दिने बताउनुभयो ।

 

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले आर्थिक अभावका कारण शिक्षालाई अघि बढाउन समस्या परेका विद्यार्थीहरुको आग्रहलाई मध्यनजर गरि नगरपालिकाले प्रदान गरेको र छात्रबृत्तिबाट पढाईलाई अघि बढाउन ठूलो सहयोग पुग्ने बताउनुभयो ।

छात्रबृत्ति वितरण कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले गत बर्ष छात्रबृत्ति पाएकाहरु नदोहोरिने गरि यो बर्ष सूचना प्रकाशन गरेको बताउँदै छनौटमा पर्न सफल भएकाहरुलाई मात्रै छात्रबृत्ति वितरण गरिएको बताउनु भयो ।


लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा शाखा प्रमुख हरिप्रसाद ज्ञवालीले गर्नुभएको थियो भने शिक्षा अधिकृत लक्ष्मी पराजुलीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय