LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैना नगरको आयोजनामा विहिवार विश्व वातावरण दिवस तथा २६ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा सैनामैनाको बाँसगढीमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
त्यस अवसरमा बोल्दै खानेपानी तथा सरसफाई कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले विकास निर्माणको काम गर्दा इआए र आईएए गर्ने प्रावधान रहेपनि त्यसलाई लत्याउँदा वातावरण प्रदुषण बढेको बताउनुभयो । उहाँले त्यसको असर तत्काल नदेखिएपनि दिर्घकालीन रुपमा देखिने भएकोले विकास निर्माणको काम गर्दा वातावरणलाई ध्यान दिन सुझाव दिनुभयो ।

त्यसैगरी कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका महासचिव शालिकराम भण्डारीले वातावरण संरक्षणमा ध्यान नदिने हो भने भोली नेपाल वातावरण क्षेत्रमा कमजोर हुने बताउनुभयो । उहाँले वातावरण संरक्षणमा विद्यार्थी, संचारकर्मी लगायत हरेक क्षेत्रलाई सशक्त वनाएर अघि नबढ्ने हो भने वातावरण कमजोर हुने र त्यसले पछिल्लो पुस्तालाई ठूलो असर पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा फेडवासन लुम्बिनी प्रदेशका सल्लाहकार प्रेमबहादुर बानिया, भूमिलाल सापकोटा, फेडवासन रुपन्देहीको सचिव कृष्णप्रसाद कँडेल र पर्रोहा सामुदायिक वनका अध्यक्ष गोपाल प्रसाद आचार्यले पनि वातावरण संरक्षणमा सवै पक्षको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको थियो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सैनामैनाका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा फेडवासन सैनामैनाका कोषाध्यक्ष मुक्तबहादुर थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव भीम खडकाले गर्नुभएको थियो ।

यसैगरी ५३ औं विश्व वातावरण दिवसकै अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको नेतृत्वमा लिडो, ग्रीन युथ क्लब लगायतका संघ सस्थाहरुो संयुक्त आयोजनामा वडा न. २ मा बृक्षारोपण तथा सरसफाई गरिएको हो ।

त्यस अवसरमा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले बढ्दो जनघनत्वका कारण वातावरणमा गंभीर असर परिरहेको बताउँदै वातावरण असन्तुलन हुँदा तापक्रम समेत बृद्धि हुँदै गएकोले बृक्षारोपण जस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
आयोजित सचेतना एवम् वृक्षारोपण कार्यक्रम नगर प्रवक्ता एवम् वडा न. २ का अध्यक्ष ईनामुल्ला फकिरको अध्यक्षता, नगर प्रमुख सजरुद्दिन मुसलमानको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय