LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नवउद्यमीलाई लक्षित गरेर बुटवलमा सोमबारदेखि विजनेश इन्कुवेशन तालिम सुरु भएको छ । तालिमको बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रादेवी अर्यालले उदघाटन गर्नुभएको हो ।

उपप्रमुख अर्यालले तालिमले उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक स्थितिलाई बलियो बनाउन साना उद्यमलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै यो तालिम त्यसका लागि उपयोगी हुने बताउनुभयो ।

संघले उद्यमशीलता विकासका लागि विक्रमसम्बत २०७६ देखि विजनेश इन्कुवेशन सेन्टर सञ्चालन गर्दै आएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विजनेश इन्कुवेशन सेन्टर स्थापना तथा सञ्चालनका लागि बुटवल उद्योग वाणिज्य संघलाई आर्थिक सहयोग गर्दै आएको छ ।

एक महिनासम्म सञ्चालन गरिने यो तालिममा २० जना नवउद्यमी सहभागी रहेको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिनुभयो ।
तालिम उदघाटनका अवसरमा संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले नवउद्यमीहरुलाई प्रोत्साहन र उनीहरुको उद्यम विकास तथा प्रवद्र्धनका लागि संघले यस अगाडि दुईपटकसम्म विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिसकेको र त्यसबाट राम्रो प्रतिफल प्राप्त भएको बताउनु भयो ।
उहाँले सरकारी तहबाट प्राप्त भएको यो साथ र सहयोगले उद्यमशीलता विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय