LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा र नेपाल ब्यावसायिक कलाकार संघ रुपन्देहीको सहजीकरणमा कञ्चन १ को दानापुर तालमा शुक्रबारदेखि चित्रकला कार्यशाला सुरु भएको छ ।

दुई दिनसम्म चल्ने चित्रकला कार्यशालामा कञ्चन गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका सम्पदाहरुलाई २० जना रंगकर्मीहरुले क्यानभासमा उतार्ने जमर्को गरेका छन ।

चित्रकला कार्यशालाको उदघाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाका लागि यो पहिलो प्रयास हो भन्दै आगामी दिनमा समेत यस प्रकारका कार्यशालाको माध्यमबाट कञ्चन गाउँपालिकामा रहेका ऐतिहासिक तथा धार्मिक सम्पदालाई क्यानभासमा उतार्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेलले चित्रकला कार्यशालामार्फत पालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचार प्रसारमा सहयोग पुग्ने भन्दै ती सम्पदाहरु क्यानभासमार्फत कञ्चनको अमूल्य निधी बन्ने बताउनुभयो ।

शनिवारसम्म चल्ने चित्रकला कार्यशाला उदघाटन सत्रको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो भने संचालन प्रशासन प्रमुख गिरिराज अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय