LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा र नेपाल ब्यावसायिक कलाकार संघ रुपन्देहीको सहजीकरणमा कञ्चन १ को दानापुर तालमा शुक्रबारदेखि सुरु चित्रकला कार्यशाला शनिवार सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको चित्रकला कार्यशालामा कञ्चन गाउँपालिकामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका सम्पदाहरुको २० जना रंगकर्मीहरुले क्यानभासमा उतारेका छन ।

चित्रकला कार्यशालाको समापनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकाले पालिकामा रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रका अमूल्य सम्पदाको विकासमा सधै ध्यान दिदै आएको बताउनु भयो ।

उहाँले थारु, मगर र नेवा जातिको संग्रहालय तयार हुँदै गरेको बताउँदै पालिकाले आयोजना गरेको चित्रकला कार्यशालाले कञ्चनको सांस्कृतिक सम्मृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले चित्रकला कार्यशाला सोचेभन्दा पनि राम्रो भएको बताउँदै कञ्चनको धार्मिक, सांस्कृतिक लगायतको बिषयमा जानकारी लिन यो कार्यशालामार्फत तयार भएका चित्रकलाले सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव पोखरेलले कञ्चन गाउँपालिकाको पर्यटकीय गतिविधि झल्काउन यो कार्यशाला माईलस्टोन सावित भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नीति तथा कार्यक्रम र बजेटमा समेत यी विषयबस्तु समावेश गरेर कञ्चनको धार्मिक, पर्यटन र संस्कृति संरक्षणमा टेवा पु¥याउने बताउनुभयो ।

चित्रकला कार्यशाला समापन सत्रको अध्यक्षता कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो भने नेपाल ब्यावसायिक कलाकार संघका केन्द्रिय उपाध्यक्ष एचबी रम्तेलले पनि बोल्नुभएको थियो । समापन कार्यक्रमको संचालन प्रशासन प्रमुख गिरिराज अर्यालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय