LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको कञ्चन गाउँपालिकाले ५५ करोड ३० लाख २६ हजार ६ सय ५० रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ । कञ्चन गापलिकाका उपाध्यक्ष मौसमी थापा मगरले मंगलवार गाउँपालिकाको १४ औं गाउँसभामा चालु खर्च तर्फ ३७ करोड ३१ लख २० हजार ७ सय १७ रुपैया र पुँजीगत खर्च तर्फ १४ करोड ७ लाख २६ हजार रुपैया गरी ५१ करोड ३८ लाख ४६ हजार रुपैया ४६ लाख ७ सय १७ रुपैया बराबरको बार्षिक बजेट प्रस्तुत गरेकि हुन ।

प्रस्तुत बजेट मध्ये गाउँपालिकाको आन्तरिक श्रोतबाट १ करोड ७५ लाख, मालपोत कार्यालयबाट प्राप्त हुने ५० लाख, संघिय सरकारबाट ४३ करोड २२ लाख ३५ हजार ७ सय (वित्तिय समानिकरण अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, विशेष अनुदान र शसर्त अनुदान समेत) र लुम्बिनी प्रदेशबाट (वित्तिय समानिकरण अनुदान, राजस्व बॉडफॉड, समपुरक अनुदान, विशेष अनुदान र शसर्त अनुदान समेत गरी) ४ करोड ५६ लाख ११ हजार १७ रुपैया प्राप्त हुने उपाध्यक्ष थापा मगरले बजेट बक्तब्य मार्फत जानकारी दिईन ।

आगामी बर्षका लागि विनियोजित रकम तथा योजना संचालन गर्दा अपुग हुन आएमा करिब २ करोड ३५ लाख रुपैया चालु आर्थिक बर्षको अन्त्यमा स्थानीय संचित कोषबाट व्यहोरिने समेत बजेट बक्तव्यमा उल्लेख छ ।

यस्तै आगामी वर्षको बजेट मार्फत गाउँपालिकाका सामरिक महत्व राख्ने सडकहरुको स्तरोन्नती, भौतिक पुर्वाधार अपुग भएका विद्यालय भवन, शौचालय, खेलकुद मैदान लगायतका पुर्वाधार निर्माणका लागि पनि निरन्तरता दिइएको छ । प्रस्तुत बजेटमा मगर संग्राहलय, नेवार संग्राहलय, तथा थारु संग्राहलयका अधुरो भवन निर्माणका लागि आस्यक बजेट व्यवस्था गरिएको छ।

यसैगरी हरेया माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणका लागि १ करोड, समग्र पुर्वाधार विकास तर्फ ८ करोड ९७ लाख रुपैया ९६ हजार ६ सय रुपैया रकम विनियोजन भएको उपाध्यक्ष थापा मगरले वक्तव्य मार्फत उल्लेख गरेकि हुन् । उपाध्यक्ष थापा मगरले कक्षा देखि कक्षा १२ सम्म अध्ययनरत छात्राहरुका लागि बिद्यालयबाटे उपलब्ध हुनेगरी निशुल्क सेनेटरी प्याडका लागि २७ लाख ४ हजार रुपैया रकम विनियोजन गरेकि छन् ।
आगामी बर्षको बजेटमा उपाध्यक्ष थापा मगरले बालविकासका सहयोगी, विद्यालय सहयोगी र बिद्यालय कर्मचारीहको तलव भत्ताका लागि ५९ लाख रुपैया, गाउपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन समेत आवस्यक बजेट व्यवस्था गरेको उपाध्यक्ष थापा मगरले जानकारी दिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय