LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम शुक्रबार नगर सभामा प्रस्तुत गरेको छ ।
नीति तथा कार्यक्रममा नगरको पूर्वाधार विकास, लुम्बिनीको विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाई, भाषा संस्कृतिको विकास, धार्मिक पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सजरुद्दीन मुसलमानले ल्ुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न फुड फेस्टिबल गर्ने तथा लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषसंग सहकार्य गर्ने बताउनुभयो । यसैगरी लुम्बिनी शान्ति र ज्ञानको जननी भन्ने नाराका साथ लुम्बिनीको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने कुरा उल्लेख छ । त्यसैगरी सामुदायिक विद्यालयको आकर्षण बढाउन हरेक विद्यालयमा संगीतमय पिटी प्रार्थना सुरु गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा बृहद बुद्ध सर्किटको विकास, रैथाने खानाको गुणस्तर बृद्धि, लुम्बिनी आउने पर्यटकको बसाई अवधी लम्ब्याउने खालको कार्यक्रम गरिने उल्लेख छ ।
त्यसैगरी लोप हुँदै गएको कालानिमक धानको उत्पादन बृद्धि गरि प्याकेजिङ गरेर देश तथा विदेशमा विक्रीको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरको सवै वडामा स्वच्छ खानेपानीको व्यवस्था मिलाइने उल्लेख गरिएको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाउने, बैदेशिक रोजगारीमा रहेका युवाहरुलाई कृषिमा आकर्षित गर्ने उल्लेख गरिएको छ ।
यसैगरी नगर सभाको शुक्रबारकै बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि १ अर्ब ५४ करोड ५० लाख ५९ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको तर्फबाट १५ औं नगर सभामा उपप्रमुख कल्पना हरिजनले उक्त आयब्ययको बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा संघीय सरकार समानीकरण अनुदान अन्तरगत १७ करोड ३० लाख, राजस्व बाँडफाँडतर्फ १४ करोड ७४ लाख, सशर्त अनुदान अन्तरगत नेपाल सरकारको ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैंकतर्फ ५३ करोड ६९ लाख र समपुरक अनुदानतर्फ ६८ लाख हुने अनुमान गरिएको छ ।

साथै प्रदेश सरकार सशर्त अनुदान अन्तरगत १ करोड ३० लाख, समानीकरण अनुदान अन्तरगत १ करोड २० लाख ७२ हजार, राजस्व बाँडफाँड तर्फ १ करोड ३६ लाख ७२ हजार र समपुरक अनुदानतर्फ १ करोड २० लाख हुने अनुमान गरिएको छ ।
बजेटमा पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, खेलकुद लगायतको क्षेत्रमा प्राथमिकता दिएको छ ।

एसियाली विकास बैंक, नगरविकास कोष र नगरपालिकाको साझेदारीमा निर्माण हुने नगरपालिकाको प्रशासकीय भवन, बसपार्क निर्माण पहुँच मार्ग निर्माणका लागि ५३ करोड ६९ लाख ४ हजार विनियोजन गरिएको छ । बजेटमा मेयर ब्लड कार्यक्रमका लागि ५ लाख, पर्सा चोकमा रहेको पार्क सुन्दरीकरणका लागि १५ लाख, छाडा चौपाया व्यवस्थापनका लागि १० लाख बिनियोजन गरिएको उल्लेख छ । नगर सभाको बैठकले शुक्रबार नै नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय