LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवलको चौराहामा प्रधान कार्यालय रहेको ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराएका छन् ।
गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनिहरुले प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका हुन ।
बिभिन्न खालका जालझेल र छलछाम गरि राष्ट्रिय स्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय तत्काल खारेज गर्न माग गर्दै शेयरधनी महिलाहरुले संचालक समितिलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तिय संस्था लि.सँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको भन्दै तत्काल खारेज गर्न अपिल गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझाउदै संस्थापक महिला शेयरधनी तथा पुर्व संचालक जमुना ढकालले संचालक समितिले छलछाम र जालसाजी गरि अन्यायपुर्ण ढंगले साधारण सभा गरेको आरोप लगाउदै अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरि अन्यायपुर्ण निर्णय गरेको बताउनु भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी ढकालले कथित साधारण सभाको निर्णय तत्काल सच्याउन माग गर्दै माग पुरा नभए महिला कडा आन्दोलनमा जाने चेतावनी समेत दिनुभएको छ ।

यसअघि असन्तुष्ट शेयरधनी महिलाहरुले नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र समेत दिएका छन्

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय