LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा बुधवार सैनामैना नगरपालिकामा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।
सैनामैना नगरपालिकाको आयोजनामा सैनामैनाको वडा नंं १० राधाकृष्ण श्रमिक तथा साँस्कृतिक पार्कमा बृक्षारोपण गरि पुष्पलाल स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका सदस्य भुमिलाल सापकोटाले नेपालमा ठुलो परिवर्तनको लागि दुई ठुला दल मिलेर मात्र सम्भव भएको भन्दै अहिले पनि देश सोही नितिको वरी परि सञ्चालन भएको बताउनुभयो । बिपि र पुष्पलालको सम्मानस्वरुप बृक्षारोपण कार्यक्रम रहेको उहाँको भनाई रहेको थियोे ।

यस्तौ कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकका प्रमुख फणिन्द्र शर्माले पुष्पलाल र बिपिले देखाएको बाटोमा अहिले देश अगाडी बढेको बताउदै अहिलेका नेत्तृत्व पंक्तिले धेरै कुरा सहेर एक जुट भएर जाने निर्णय गरे संगै धेै परिवर्तनको आशा जनतामा पलाएको बताउनु भयो ।

यस्तौ कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकका संस्थापक नगर प्रमुख चित्र बहादुर कार्कीले बिपि र पुष्पलालले नेपालको हितको लाग् िल्याएका बिचारहरुले गदौ देशमा ठुलो परिवर्तन आएको बताउदै उहाँहरुको सम्मान र पुस्ताहस्तान्त्रणको लागि सैनामैना नगरपालिकाले बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

सैनामैना नगरपालिकाका नगर उप प्रमुख बिना रानाको स्वागत र वडा नं. १० का अध्यक्ष कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेश नगर सभापति रणबहादुर खनाल, नेकपा माओबादीका नेता भोला बस्याल लगायतले बोल्नुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय