नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा बुधवार सैनामैना नगरपालिकामा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।
सैनामैना नगरपालिकाको आयोजनामा सैनामैनाको वडा नंं १० राधाकृष्ण श्रमिक तथा साँस्कृतिक पार्कमा बृक्षारोपण गरि पुष्पलाल स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषदका सदस्य भुमिलाल सापकोटाले नेपालमा ठुलो परिवर्तनको लागि दुई ठुला दल मिलेर मात्र सम्भव भएको भन्दै अहिले पनि देश सोही नितिको वरी परि सञ्चालन भएको बताउनुभयो । बिपि र पुष्पलालको सम्मानस्वरुप बृक्षारोपण कार्यक्रम रहेको उहाँको भनाई रहेको थियोे ।
यस्तौ कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकका प्रमुख फणिन्द्र शर्माले पुष्पलाल र बिपिले देखाएको बाटोमा अहिले देश अगाडी बढेको बताउदै अहिलेका नेत्तृत्व पंक्तिले धेरै कुरा सहेर एक जुट भएर जाने निर्णय गरे संगै धेै परिवर्तनको आशा जनतामा पलाएको बताउनु भयो ।



यस्तौ कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकका संस्थापक नगर प्रमुख चित्र बहादुर कार्कीले बिपि र पुष्पलालले नेपालको हितको लाग् िल्याएका बिचारहरुले गदौ देशमा ठुलो परिवर्तन आएको बताउदै उहाँहरुको सम्मान र पुस्ताहस्तान्त्रणको लागि सैनामैना नगरपालिकाले बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
सैनामैना नगरपालिकाका नगर उप प्रमुख बिना रानाको स्वागत र वडा नं. १० का अध्यक्ष कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेश नगर सभापति रणबहादुर खनाल, नेकपा माओबादीका नेता भोला बस्याल लगायतले बोल्नुभएको थियो ।




