LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका १० झिमझिमियामा परिक्षणका लागि एक कट्ठा जग्गामा बुधबार कोदो रोपिएको छ ।
तराईमा सुक्खा हुने तथा पानी नजम्ने स्थानमा कोदो बाली उत्पादन गर्न सकिन्छ कि सकिदैन भन्ने परिक्षण गर्न बुधबार परिक्षणका रुपमा कोदो रोपिएको हो ।

तराईमा पछिल्लोसमय पानी कम पर्न थालेको र पानी नजम्ने खेतमा परिक्षणकै क्रममा विभिन्न आठ प्रजातिको कोदो रोपिएको हो ।
राष्ट्रिय जीन बैंक र सयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको संयुक्त आयोजनामा कोदो विस्तार कार्यक्रम अन्तरगत तराईका विभिन्न जिल्लामा परिक्षणका रुपमा कोदो रोपिएको हो ।

राष्ट्रिय जीन बैंक खुमलटार ललितपुरका कृषि अनुसन्धान विज्ञ डा. मुकुन्द भट्टराईले तराईमा पानीको कमीले गर्दा सुक्खा खडेरी परेको अवस्थामा धानको विकल्पमा परिक्षणका रुपमा कोदो खेतीलाई जोड दिएको बताउनुभयो ।

उहाँले सुक्खा सहन सक्ने र डुबान पनि सहन सक्ने कोदोको विभिन्न आठ प्रकारका जात परिक्षणका रुपमा खेतीका लागि सुरुवात गरिएको बताउँदै बाँकेमा यो सफल भएकोले कपिलबस्तु र रुपन्देहीको सैनामैनामा परिक्षण गर्न कोदो रोपिएको बताउनुभयो ।

कोदो स्वास्थ्यका लागि लाभदायक भएकोले धानको विकल्पमा कोदो रोप्न सकिने अवस्थामा अर्को बर्ष कोदो बाली लगाउन प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।
यसैगरी सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले परिक्षणका लागि रोपिएको कोदोले राम्रो उत्पादन दिएमा अर्को बर्षदेखि किसानलाई कोदो रोप्न प्रोत्साहन गरिने बताउनुभयो । यसअघि नेपालगंजको शान्तिनगर र कपिलवस्तुको मधुबनमा परिक्षणका रुपमा कोदो रोपिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय