LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिका १० झिमझिमियामा परिक्षणका लागि एक कट्ठा जग्गामा बुधबार कोदो रोपिएको छ ।
तराईमा सुक्खा हुने तथा पानी नजम्ने स्थानमा कोदो बाली उत्पादन गर्न सकिन्छ कि सकिदैन भन्ने परिक्षण गर्न बुधबार परिक्षणका रुपमा कोदो रोपिएको हो ।

तराईमा पछिल्लोसमय पानी कम पर्न थालेको र पानी नजम्ने खेतमा परिक्षणकै क्रममा विभिन्न आठ प्रजातिको कोदो रोपिएको हो ।
राष्ट्रिय जीन बैंक र सयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको संयुक्त आयोजनामा कोदो विस्तार कार्यक्रम अन्तरगत तराईका विभिन्न जिल्लामा परिक्षणका रुपमा कोदो रोपिएको हो ।

राष्ट्रिय जीन बैंक खुमलटार ललितपुरका कृषि अनुसन्धान विज्ञ डा. मुकुन्द भट्टराईले तराईमा पानीको कमीले गर्दा सुक्खा खडेरी परेको अवस्थामा धानको विकल्पमा परिक्षणका रुपमा कोदो खेतीलाई जोड दिएको बताउनुभयो ।

उहाँले सुक्खा सहन सक्ने र डुबान पनि सहन सक्ने कोदोको विभिन्न आठ प्रकारका जात परिक्षणका रुपमा खेतीका लागि सुरुवात गरिएको बताउँदै बाँकेमा यो सफल भएकोले कपिलबस्तु र रुपन्देहीको सैनामैनामा परिक्षण गर्न कोदो रोपिएको बताउनुभयो ।

कोदो स्वास्थ्यका लागि लाभदायक भएकोले धानको विकल्पमा कोदो रोप्न सकिने अवस्थामा अर्को बर्ष कोदो बाली लगाउन प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।
यसैगरी सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले परिक्षणका लागि रोपिएको कोदोले राम्रो उत्पादन दिएमा अर्को बर्षदेखि किसानलाई कोदो रोप्न प्रोत्साहन गरिने बताउनुभयो । यसअघि नेपालगंजको शान्तिनगर र कपिलवस्तुको मधुबनमा परिक्षणका रुपमा कोदो रोपिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय