LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल, साउन २२ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा विभिन्न सचेतनात्मक गतिविधिसहित विश्व स्तनपान सप्ताह–२०२५ सम्पन्न गरिएको छ ।
हरेक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइँने सप्ताह अन्तरगत मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी सचेतनासहित दिवस मनाइएको अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले जानकारी दिनुभयो ।

सप्ताह अन्तरगत हरेक दिन फरक–फरक गतिविधिसहित १ हजार बढी आमाहरुलाई शिशुको स्याहार, पोषण लगायत स्वास्थ्य सचेतना सम्बन्धी अन्तक्रियाहरुमा सहभागी गराउनुका साथै शिशु स्वास्थ्य र स्तनपान सम्बन्धी पम्प्लेट वितरण गरिएको थापाले जानकारी दिनुभयो ।
स्तनपान सम्बन्धी डेमोस्ट्रेशन, सचेतनामूलक भिडियो प्रस्तुती लगायतका कार्यक्रमहरुमा अस्पतालमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको सहभागिता रहेको थियो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले आमा बाबुबीच नवशिशु सम्बन्धी जागरुकता पैदा गरी शिशु स्वास्थ्यमा सुधार गर्न तथा भर्खरै जन्मिएका शिशुका लागि स्तनपान अमृत समान हो भन्ने सन्देश दिनका लागि कार्यक्रम गरिएको बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा हरेक वर्ष हजारौँ आमाहरुले नवजात शिशुलाई जन्म दिने गरेको तथ्याङ्क रहेको छ ।
अस्पतालमा वरिष्ठ प्रशासकीय प्रमुख राजन केसीका अनुसार पछिल्लो अध्यावधिक विवरणमा एक वर्षको अवधिमा १२ हजार ९५ जनलाई प्रसुती सेवा उपलब्ध गराइएको छ ।

जसमध्ये ४ हजार ५४७ केसमा शल्यक्रिया गरिएको छ भने ८ हजार ५४८ आमाहरुले सामान्य रुपमै शिशुलाई जन्म दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसुती सेवालाई थप विशिष्टिकृत गर्दै लगेपछि सेवाग्राहीको आकर्षण पनि बढ्दै गएको उहाँको दाबी छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको अस्पताल सेवा बिस्तार कार्यक्रम अन्तरगत प्रसुती सेवाका लागि छुट्टै भवनमा छुट्टै शल्यक्रिया कक्ष बिस्तार, ल्याप्रोस्कोपी सेवा लगायतका सुधारहरु भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय