LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

रुपन्देहीको सैनामैना नगरपालिकाले सोमबार आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक समीक्षा कार्यक्रम आयोजना गरेको छ । बार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाले अघिल्लो बर्ष सम्पन्न गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको सपना रिङरोडको चाहना पूरा हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले अघिल्लो कार्यकालका जनप्रतिनिधि र अहिलेका जनप्रतिनिधीको सपना पनि रिङरोड पूरा गर्ने रहेको बताउँदै अहिले रिङरोडको सम्पन्न हुन बाँकी काम धमाधम भैरहेको बताउनुभयो । नगर प्रमुख शर्माले पहिलेका जनप्रतिनिधिले सुरु गरेका राम्रा कामलाई अहिलेपनि निरन्तरता दिएर अघि बढेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सैनामैना नगरपालिकालाई बेरुजु शून्य पालिका बनाउने काम सुरु भएको बताउनुभयो । उहाँले गत आर्थिक बर्षमा करिव ४ करोड बेरुजु सम्परिक्षण गरेको बताउँदै चालू आर्थिक बर्षमा बेरुजुलाई शून्यमा झार्ने प्रतिवद्धता जनाउनु भयो ।

बार्षिक समीक्षाका अवसरमा नगर उपप्रमुख बिना रानाले सैनामैना नगरमा पछिल्लोसमय विकास निर्माणको कामदेखि सीपमूलक कार्यक्रममार्फत बेरोजगारी समस्या समाधान गर्ने कामले प्राथमिकता पाएको बताउनुभयो । उहाँले महिलाहरुलाई विभिन्न तालिम दिएर आत्मनिर्भर बनाउने प्रयासले सार्थकता पाएको समेत उल्लेख गर्नुभयो । समीक्षाकै अवसरमा नगरपालिकाका शाखा प्रमुख र वडा सचिवहरुले आ– आफ्नो शाखा र वडाको बिषयमा प्रगति विवरण र भएगरेका कामबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय