LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

नेवा पुच सालभण्डीको आयोजनामा सोमबार रोपाई जात्रा प्रदर्शन गरिएको छ । सैनामैना नगरपालिका १० सालझण्डीको दुर्गा मन्दिर परिसरमा रोपाई जात्रा गरिएको हो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायमा गाईजात्रा तथा रोपाई जात्रा निकाल्ने परम्परा छ ।
गाईजात्रा वा रोपाई जात्राको अवसरमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

सालझण्डी निवासी स्थानीय मिना श्रेष्ठले सोमबार सालझण्डीका स्वर्गीय काशीराम श्रेष्ठको सम्झनामा रोपाई जात्रा गरिएको बताउनु भयो । यसअघि आईतबार उहाँकै स्मृतिमा गाईजात्रा प्रदर्शन गरिएको उहाँले बताउनुभयो । उहाँले साउन ३१ गते साँझ ५ पनि काशीराम श्रेष्ठकै सम्झनामा कृष्णजात्रा प्रदर्शन गरिने समेत जानकारी दिनुभयो ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशन दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेश अनुसार हास्य व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय