LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नेवा पुच सालभण्डीको आयोजनामा सोमबार रोपाई जात्रा प्रदर्शन गरिएको छ । सैनामैना नगरपालिका १० सालझण्डीको दुर्गा मन्दिर परिसरमा रोपाई जात्रा गरिएको हो ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरुको सम्झनामा नेवार समुदायमा गाईजात्रा तथा रोपाई जात्रा निकाल्ने परम्परा छ ।
गाईजात्रा वा रोपाई जात्राको अवसरमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

सालझण्डी निवासी स्थानीय मिना श्रेष्ठले सोमबार सालझण्डीका स्वर्गीय काशीराम श्रेष्ठको सम्झनामा रोपाई जात्रा गरिएको बताउनु भयो । यसअघि आईतबार उहाँकै स्मृतिमा गाईजात्रा प्रदर्शन गरिएको उहाँले बताउनुभयो । उहाँले साउन ३१ गते साँझ ५ पनि काशीराम श्रेष्ठकै सम्झनामा कृष्णजात्रा प्रदर्शन गरिने समेत जानकारी दिनुभयो ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशन दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेश अनुसार हास्य व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय