LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

दाङ ,२७ ,साउन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सवारी दुर्घटना न्यूनिकरणको विषय अब साझा चिन्ताको एजेन्डा बन्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्ले प्रदेश तथा स्थानीय तहमा सडक सुरक्षामा सरोकार राख्ने निकायहरूको भूमिका बढाउने र आगामी योजनामा प्राथमिकता दिने उद्देश्यले दाङको लमहीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दुर्घटनासँग जोडिएका कारणहरू पहिचान गरेर समाधानका उपाय तत्काल लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले सडक निर्माणका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन, रुट परमिट दिनु अघि सवारीसाधनको प्राविधिक अवस्था जाँच, ट्राफिक नियमको कडाइका साथ पालना, र मानवीय लापरबाही नियन्त्रण सडक सुरक्षा सुधारका आधारभूत कामहरु अनिवार्य रुपमा गर्नुपर्ने बताउनु भयो ।ञतराई, पहाड र हिमालको भूगोल अनुसार सडक मापदण्ड छुट्टा छुट्टै छन्, तिनलाई अनिवार्य पालन गर्नुपर्छ,उहाँले भन्नुभयो ।

उहाँले लागू औषध र मदिरा सेवन गरेर सवारी चलाउने, चाडपर्वमा सडक छेक्ने, डोरी टाँगेर यातायात अवरुद्ध गर्ने जस्ता व्यवहार दुर्घटनाका कारण भएको भन्दै यसलाई रोक्न जनचेतना अभियान आवश्यक भएको उल्लेख गर्नु भएको छ । ट्राफिक जाँचको नाममा अनावश्यक दुःख दिने प्रवृत्तिमा पनि सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले दुर्घटनाका कारण पहिचान गरी समाधानका योजना बनाइनु जरुरी रहेको बताउनु भयो । प्रदेशले सडक गुरुयोजना निर्माण गरेको र त्यसले सुरक्षित सडक कायम गर्न भूमिका खेल्ने बताउनु भएको हो ।

प्रमुख सचिव बावुराम अधिकारीले सडकको अवस्था सुधारदेखि चालकलाई जिम्मेवार बनाउन र जनचेतना अभिवृद्धिलाई अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नु भयो । भौतिक पुर्वधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले सुरक्षित सडक निर्माणका लागि प्रदेश सरकार जिम्मेवार भएर अघि बढिरहेको जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम सिनियर डिभिजनल इञ्जिनियर शंकर सिंह धामीको स्वागत मन्तव्यबाट भएको हो । सहजीकरण सुभ खनालले गर्नु भएको थियो भने राष्ट्रिय सडक सुरक्षा परिषद्को टेक्निकल एडभाइजर सरोजकुमार प्रधानले प्राविधिक प्रस्तुति दिनुभएको थियो ।

लुम्बिनी प्रदेशको अवस्था

गत तीन वर्षमा लुम्बिनी प्रदेशमा मात्र १ हजार ९ सय ४ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१र८२ मा ५ सय ६ जनाको मृत्यु, ३ हजार ४ सय ७९ दुर्घटना र ५ हजार ६ सय ९१ घाइते दर्ता भएका छन् । अघिल्लो वर्ष २०८०र८१ मा मृत्यु संख्या अझै बढी ५ सय ३७ थियो ।

विशेषज्ञका अनुसार लुम्बिनीमा दुर्घटनाको सबैभन्दा ठूलो हिस्सा मोटरसाइकल दुर्घटनाले ओगटेको छ । तीव्र गति, चालकको लापरबाही र कमजोर सडक अवस्था यसका प्रमुख कारणका रूपमा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय