सैनामैना, साउन २७ ।
सैनामैना नगरपालिका वडा नम्बर ६ शिवालय टोल विकास संस्थामा मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेकपा एमालेलाई पराजित गरि संयुक्त गठबन्धनबाट माओवादी क्रान्तिकारीकी लक्ष्मी न्यौपाने विजयी हुनुभएको छ ।



निर्वाचनमा नेकपा एमाले एक्लै प्रतिष्पर्धामा उत्रिएको थियो भने नेपाली कांग्रेस, नेकपा माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी क्रान्तिकारीले संयुक्त गठबन्धन गरेका थिए ।
निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट माओवादी क्रान्तिकारीकी लक्ष्मी न्यौपानेले ९२ मत ल्याउँदै अध्यक्षमा निर्वाचित हुनुभयो भने नेकपा एमाले समर्थित सुरेश लम्सालले ८६ मत प्राप्त गर्दै पराजित हुनुभयो ।
कुल १८१ मत खसेको भएतापनि ३ मत बदर भएको थियो । अरु पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको सन्तोष परियारले बताउनुभयो ।




