LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना नगरपालिका वडा नं. ८ को आयोजनामा वडाभित्रका टोल विकास संस्थाहरुबीच तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रम गरिएको छ ।
सैनामैना ८ रामापुरमा रहेको सतचिन्तन प्रतिष्ठानको सभाहलमा बुधबार भएको दर खाने कार्यक्रममा एक हजार महिला दिदी बहिनीहरु सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सवै चेलीबेटीहरुमा सुख शान्ति र सम्मृद्धिको कामना गर्दै शुभकामना दिनुभयो । उहाँले हिजोको तीज र आजको तीजमा धेरै भिन्नता हुँदै गएको भन्दै विगतमा चेलीबेटीहरुले पाएको दुःख र कस्टलाई गीतको माध्यमबाट बेदना पोख्ने गरेको बताउँदै अहिले तीजको माध्यमबाट समाजमा भएका बिकृति र विसंगति अन्त्यमा महिला दिदी बहिनीहरुले योगदान दिदै आएको बताउनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पुरानो परम्परा तथा चाडबाड र संस्कृति विर्सदै गएको अवस्थामा सैनामैना नगरपालिका वडा नंं. ८ ले आयोजना यस प्रकारको तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रमले तीज संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना र रामापुर रिभाईबल बोर्डिङ स्कुल रामापुरका प्रिन्सिपल कृष्णप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।

बुधबार नै आयोजना गरिएको प्रतियोगितामा सिद्धीविनायक टोल विकास संस्थाले प्रथम हुँदै १० हजार नगद हात पारेको छ भने सूर्यनगर टोलविकास संस्था दोश्रो हुँदै ५ हजार प्राप्त गरेको छ । त्यसैगरी रामापुर टोलविकास संस्था तेश्रो हुँदै ३ हजार नगद प्राप्त गरेको छ ।


सैनामैना नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष बुद्धिराम चौधरीको अध्यक्षतामा भएको तीज गीत प्रतियोगिता तथा दर खाने कार्यक्रमको संचालन वडा सदस्य इश्वरी भण्डारीले गर्नुभएको थियो भने वडा सदस्य दुर्गामाया श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

पुरस्कारको सौजन्य समाजसेवी भोजराज भण्डारीले गर्नुभएको थियो भने कार्यक्रममा सैनामैना ८ का सवै संघ संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय