LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 साउन २९ गते ।

कैलाली कारागार घटनाको छ दिनपछि प्रमुख जिल्ला अधिकारी इन्जिनियर गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ । बुधबार गृहमा उहाँको सरुवा भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

हमालको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल आउनुहुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी लम्साल बिहीबार साँझसम्म वा शुक्रबारसम्म कैलाली पुग्ने बताइएको छ ।

गएको शुक्रबार मध्यराति कारागारमा ब्लक ए का कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गरेका थिए । त्यस हिंसात्मक झडपमा धनगढीका ४० वर्षीय भारत चौधरीको ज्यान गएको थियो । ४७ जना कैदी घाइते भएका थिए ।

कारागार घटनापछि तत्कालीन जेलर वसन्त खत्रीलाई पनि सरुवा गरिएको थियो । नयाँ जेलरमा जालन्धर भुसाल आउनुभएको छ । कारागार घटनामा सुरक्षा संयन्त्र चुकेको आरोप लागेको छ । कारागार घटना हुनु अगाडि प्रमुख जिल्ला अधिकारी हमालसहित जिल्ला सुरक्षा समितिले कैयौं पटक कारागारको अनुगमन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय