LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

३१ साउन, काठमाडौं । रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा जान लागेका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा केही लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् ।

भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका छन् । जसबारे प्रवक्ता झाले जानकारी गराएका हुन् ।

वाग्ले र झा कारागारमै भेट्नका लागि पुगेको भए पनि भेट्न नपाएको पनि उनले बताएका छन् । कारागारमा भेट्न नपाएपछि गौतमबुद्ध विमानस्थलमा केहीबेर रविसँग भेट भएको र सो क्रममा उनले यसबारे जानकारी गराएको प्रवक्ता झाले बताएका छन् ।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’ रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले बताए । ‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै भने, ‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’

लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा हुन लागेका हुन् । लामिछाने भैरवाबाट यूए ८६० बुद्ध एयरको जहाजमा अहिले काठमाडौं आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय