सामुदायिक रेडियो सैनामैना ९१ मेघाहर्जले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग पु¥याउने उद्देश्यले बृहद तीज उत्सव २०८२ आयोजना गर्ने भएको छ ।
रेडियोले आईतबार कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष कमला न्यौपानेले भदौ १० गते कलौनीमा हुने तीज उत्सवमा लोक दोहोरी प्रतिष्ठानको केन्द्रिय अध्यक्ष रिता थापा मगर सहितका राष्ट्रिय कलाकारहरु लोक दोहोरी गायिका सपना गाहा र कुसुम परियार, लोक कलाकार कल्पना कुसुम र लोक तथा दोहोरी गायक मिलन बिसी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती हुने बताउनु भयो ।



उहाँले कलाकारहरु राष्ट्रका गहना भएको बताउँदै तीजकै दिन अनाथ बालबालिकालाई सहयोग पु¥याउने मूल उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो सैनामैना ९१ मेघाहर्ज संचालक समिति सचिव सुशीला शर्मा र रेडियोका स्टेशन म्यानेजर अनिल पहाडीले समेत तीज गीत कार्यक्रम आयोजना गर्नुको उद्देश्यको बिषयमा प्रकाश पार्नुभएको थियो ।




