LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देहीको सैनामैना नगरपालिकाले सेवाग्राहीलाई सहजरुपमा सुविधा पु¥याउने उद्देश्यले पहिलोपटक हरेक वडाहरुमा प्राविधिकहरु व्यवस्था गरेको छ ।
वडाबाटै नक्साको काम र विकास निर्माणको कामलाई तीब्रता दिने उद्देश्यले सैनामैना नगरपालिकाले यो व्यवस्था गरेको हो ।
अव सेवाग्राहीले वडाबाटै नक्साको काम हुने भएपछि नक्सा पास बाहेक घर नक्सा सम्वन्धि अरु कामका लागि नगरपालिका धाउनु नपर्ने भएको छ । यसबाट सेवाग्राहीको समयको बचत भएको छ भने सेवाग्राहीले पालिका कार्यालयसम्मै धाउनुपर्ने झञ्झटबाट मुक्ति मिलेको प्रतिकृया दिएका छन ।

गत साउन २५ गते प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीबाट भएको उक्त निर्णय अहिले कार्यान्वयनमा आईसकेको छ भने वडाबाटै सेवाग्राहीले इञ्जिनियरिङ सेवा पाउन थालेका छन । सैनामैना नगरपालिकाको यो निर्णयलाई सेवाग्राहीले प्रशंसा गर्दै सेवा प्रवाहमा सैनामैना नगर एक तह माथि उठेको प्रतिकृया दिएका छन ।
सैनामैना नगरपालिकाले हरेक वडामा प्राविधिकबाट सेवा दिने लक्ष्य राखेको थियो । त्यो अहिले पूरा भएको छ ।
सैनामैना नगरपालिका वडा नंं ११ का वडा सचिव नविन शाक्यले वडामा कर्मचारी कम हुँदा काम गर्न कठिनाई भएको अवस्थामा नगरपालिकाले वडामा प्राविधिक कर्मचारी खटाईदिँदा काम गर्न सहज हुने र यसबाट सेवाग्राहीले छिटो सेवा पाउने अवस्था सिर्जना भएको बताउनुभयो ।

नगरपालिकाको निर्णय अनुसार सैनामैना नगरपालिका वडा नं. १ मा असिस्टेन्ट सव इञ्जिनियर अशोक खनाल, वडा नंं २ मा सव इञ्जिनियर देवराज घिमिरे, वडा नं. ३ मा सव इञ्जिनियर रोमन सुवेदी, वडा नं. ४ मा सव इञ्जिनियर केशव पाण्डे, वडा नंं ५ मा गणेशबहादुर एमसी र वडा नंं ६ र ७ मा सव इञ्जिनियर विरेन्द्रकुमार टण्डनलाई खटाइएको छ ।

त्यसैगरी वडा नं. ८ मा असिस्टेण्ट सव इञ्जिनियर उमेश काफ्ले, वडा नंं ९ मा सव इञ्जिनियर प्रदिप गिरी, वडा नंं १० मा सव इञ्जिनियर जनकराज सापकोटा र वडा नंं ११ मा असिस्टेन्ट सव इञ्जिनियर केशवराज पन्थीलाई खटाएको छ ।
त्यसैगरी नगरपालिकाले वडा सचिवहरुको समेत सरुवा गरेको छ । जस अनुसार वडा नंं ३ का वडा सचिव पुण्यप्रसाद आचार्यलाई वडा नंं ६ मा वडा नंं ६ का मिनाराम पन्थीलाई वडा नं. ३ को वडा सचिवमा सरुवा गरिएको छ । वडा नंं ४ का वडा सचिव हेमराज चौधरीलाई वडा नंं ८ को वडा सचिवमा सरुवा गरिएको छ भने वडा नं. ८ का वडा सचिव बसन्त घिमिरेलाई वडा नं. ४ को वडा सचिवमा सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय