LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

नबिन घिमिरे
७ भदौ,लुम्बिनी

भारतको ७९ औं स्वतन्त्रता दिवसको अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका सरकारी विद्यालयबाट २०८१ मा एसईई उत्तिर्ण छात्राहरुलाई शनिवार सम्मान तथा साईकल वितरण गरिएको छ ।
नेपाल भारत मैत्री केन्द्रको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरतकुमार शाहले नेपाल भारत मैत्री केन्द्रले आयोजना गरेको यो कार्यक्रम अत्यन्त उत्कृष्ट कार्यक्रम रहेको चर्चा गर्दै यस प्रकारको कार्यक्रमले नेपाल र भारतबीचको सम्वन्ध अझै मैत्रीपूर्ण हुने बताउनुभयो । उहाँले नेपाल भारत सरकार र दुई देशका जनता मिलेर आपसी सहयोग र सहमतिको एउटा उचाईमा पुग्नुपर्ने भन्दै भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतलाई शुभकामना दिनुभयो ।


त्यसैगरी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले साईकल वितरण गरेर नेपाल भारतको मित्रता अझै प्रगाढ गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रकारका कार्यक्रमले नेपाल र भारतको मित्रतालाई अझै प्रगाढ बनाउने बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले पालिकाले आफ्नो तर्फबाट शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउँदै त्यसबाट नतिजामा समेत परिवर्तन आएको बताउनुभयो । उहाँले साईकल वितरण मात्रै गरेर समस्या समाधान हुने होइन भन्दै यो एउटा उत्प्रेरणाको कार्यक्रम हो भन्नुभयो । सवैभन्दा महत्वपूर्ण कुरा विद्यार्थीहरु आफै स्व अध्ययनशील बन्नुपर्ने उहाँले औल्याउनुभयो ।


त्यसैगरी साईकल पाएपछि छात्राहरुले खुसी ब्यक्त गरेका छन । उनीहरुले साईकल पाएपछि घरमा समेत काम गरेर विद्यालय जान सहयोग पुग्ने र यसले समयको बचत गर्ने बताएका छन ।
नेपाल भारत मैत्री केन्द्र रुपन्देहीका अध्यक्ष सिद्धार्थ अग्रवालको अध्यक्षतामा भएको सम्मान तथा साईकल वितरण कार्यक्रमको स्वागत नेपाल भारत मैत्री केन्द्रका उमापति न्यौपानेले गर्नुभएको थियो भने पूर्व गोरखा परिवार संगठनका अध्यक्ष रेशम केसी र लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पनि बोल्नुभएको थियो ।


त्यस अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकामा २०८१ सालको एसइई परिक्षामा उत्कृष्ट अंक ल्याउने १ सय १ जना छात्राहरुलाई साईकल बितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय