LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

अर्घाखाँचीमा बाघले एउटै फार्मका सात वटा बाख्रा मारेको छ । यस्तै आठवटा हराएका छन् ।
शितगङ्गा नगरपालिका वडा नम्बर १३ मुस्यान माझीफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फार्मका ३० वटा बाख्रा चराउनका लागि जङ्गलमा छाडेकोमा एउटा घाइतेसहित १५ वटा फर्किएका थिए । बाँकी बाख्रा नफर्केपछि खोजी गर्न जाँदा सातवटा बाख्रा बाघले मारेको अवस्थामा भेटिएका हुन् ।


आठवटा अझै नभेटिएको फार्मका सञ्चालक घनश्याम अधिकारीले जानकारी दिनुभयो । बुधवार दिउँसो जङ्गलमा बाख्रा चराउने बेला घटना भएकोले अब बाँकी आठवटा बाख्रा पनि भेटिने आशा मरेको उहाँले बताउनुभयो । उहाँले बाख्रापालनका लागि दुई वर्षअघि १२ लाख रुपैयाँ खर्च गरेर फार्म स्थापना गर्नुभएको हो ।
बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको छ । गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरामध्ये एकैदिन एक हजार दुई सय कुखुरा मरेका थिए । फेरि बाख्रामा ठूलो क्षति पुगेको उहाँले गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय