LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँचीमा बाघले एउटै फार्मका सात वटा बाख्रा मारेको छ । यस्तै आठवटा हराएका छन् ।
शितगङ्गा नगरपालिका वडा नम्बर १३ मुस्यान माझीफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फार्मका ३० वटा बाख्रा चराउनका लागि जङ्गलमा छाडेकोमा एउटा घाइतेसहित १५ वटा फर्किएका थिए । बाँकी बाख्रा नफर्केपछि खोजी गर्न जाँदा सातवटा बाख्रा बाघले मारेको अवस्थामा भेटिएका हुन् ।


आठवटा अझै नभेटिएको फार्मका सञ्चालक घनश्याम अधिकारीले जानकारी दिनुभयो । बुधवार दिउँसो जङ्गलमा बाख्रा चराउने बेला घटना भएकोले अब बाँकी आठवटा बाख्रा पनि भेटिने आशा मरेको उहाँले बताउनुभयो । उहाँले बाख्रापालनका लागि दुई वर्षअघि १२ लाख रुपैयाँ खर्च गरेर फार्म स्थापना गर्नुभएको हो ।
बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको छ । गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरामध्ये एकैदिन एक हजार दुई सय कुखुरा मरेका थिए । फेरि बाख्रामा ठूलो क्षति पुगेको उहाँले गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय